भरतपुर । स्वर्गीय विशाल गुरुङ स्मृति कप फुटबलमा अभिषेक चर्च रजहर नवलपुरले विजयी सुरुआत गरेको छ ।
शनिबार भएको खेलमा टाइगर युवा क्लबलाई ४-१ ले हराउँदै अभिषेक चर्च रजहरले सुखद सुरुआत गरेको हो ।
अभिषेक चर्च रजहरको जितमा सुनिल श्रेष्ठले ह्याट्रिकसहित ४ गोल गरे । उनी खेलको म्यान अफ दि म्याच चुनिए ।
टाइगरका सुजन श्रेष्ठले एक गोल फर्काए ।
रामपुर फुटबल क्लब र शारदा युवा क्लबको संयुक्त आयोजनामा जारी प्रतियोगितामा १२ टोली सहभागी छन् ।
१५ गतेसम्म प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार पाउने रामपुर फुटबल क्लबका अध्यक्ष विजय घलेले जानकारी गराए ।