काठमाडौं । इन्टर मिलान इटालियन सिरी ए फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
शनिबार राति भएको खेलमा रोमालाई ३-१ गोल अन्तरले हराउँदै इन्टर शीर्ष स्थानमा उक्लिएको हो ।
घरेलु मैदानमा डेन्जेल डुम्फ्रिसले ३० औं मिनेटमा गोल गर्दै इन्टरलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ४० औं मिनेटमा मार्सेलो ब्रोजिभिचले गोल गर्दै इन्टरको अग्रता २-० को बनाए ।

खेलको ५२ औं मिनेटमा लाउटरो मार्टिनेजले गोल गरेपछि इन्टर ३-० ले अघि रह्यो ।
त्यसपछि खेलको ८५ औं मिनेटमा रोमाका हेनरिक मिखीटेरियनले गोल गरेपनि इन्टर ३-१ ले विजयी भयो ।
यस जितसँगै शीर्ष स्थानमा उक्लिएको इन्टरले ३३ खेलमा ७२ अंक जोडेको छ ।
रोमा ५८ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।