पीएसजीलाई लिग वानको उपाधि
आइतबार, बैशाख ११, २०७९खेलपाटी संवाददाता

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलको उपाधि जितेको छ ।
शनिबार राति भएको खेलमा लेन्ससँग १-१ गोलको बराबरी खेल्दै पीएसजीले उपाधि जितेको हो ।
पीएसजीले दशौँ पटक फ्रेन्च लिग वानको उपाधि जितेको हो । पीएसजीले ४ खेल बाँकी हुँदै उपाधि जितेको हो ।
घरेलु मैदानमा खेलको ६८ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसअघि ५७ औं मिनेटमा डान्सोले रातो कार्ड पाएपछि लेन्स १० खेलाडीमा समेटिएको थियो ।
तर, खेलको ८८ औं मिनेटमा कोरेन्टिन जिनले गोल गर्दै लेन्सलाई १-१ गोलको बराबरीमा फर्काए ।
बराबरीमा रोकिएपनि पीएसजीलाई उपाधि जित्न १ अंक पर्याप्त बन्यो । यस बराबरीसँगै पीएसजीले ३४ खेलमा ७८ अंक जोडेको छ ।
लेन्स ५४ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
पीएसजीलाई उपाधि











-1763309767672.webp&w=3840&q=75)

