धनगढी । विभागीय टोली नेपाल पुलिस क्लबकी निर्मला विक प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित भएकी छिन् ।
कैलालीको धनगढी रंगशालामा शनिबार सकिएको प्रतियोगितामा निर्मला सर्वोकृष्ट चुनिएकी हुन् ।
निर्मलाकै गोलमा पुलिस च्याम्पियन बनेको थियो । सर्वोकृष्ट बनेकी निर्मलाले नगद ५० हजार सहित ट्रफी प्राप्त गरिन् ।
पुलिसकी पुजा राना उत्कृष्ट रक्षक, उषा नाथ उत्कृष्ट गोलरक्षक र सन्जिव जोशी उत्कृष्ट प्रशिक्षक भए ।
एपीएफकी सावित्रा भण्डारी सर्वाधिक गोलकर्ता र सरु लिम्बु उत्कृष्ट मिडफिल्डर भईन् । उनीहरुले जनही १० हजार सहित ट्रफी पाएका छन् ।