काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ ।
शनिबार राति भएको खेलमा सिटीले वाट्फोर्डलाई ५-१ गोल अन्तरले हराएको छ ।
घरेलु मैदानमा सिटीलाई जित दिलाउन गाब्रियल जिससले ह्याट्रिकसहित ४ गोल गरे ।
खेलको चौंथो मिनेटमा जिससले गोल गर्दै सिटीलाई अग्रता दिलाए ।

२३ औं मिनेटमा जिससले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको अग्रता २-० को बनाए ।
खेलको २८ औं मिनेटमा कामराले गोल गर्दै वाट्फोर्डलाई २-१ को स्थितिमा ल्याए ।
३४ औं मिनेटमा रोड्रीले गोल गर्दै सिटीको अग्रता ३-१ को बनाए ।
खेलको ४९ औं मिनेटमा जिससले पेनाल्टीमा गोल गर्दै ह्याट्रिक पूरा गरेपछि सिटी ४-१ ले अघि रह्यो ।
त्यसपछि खेलको ५३ औं मिनेटमा जिससले व्यक्तिगत चौंथो गोल गर्दै सिटीलाई ५-१ को जित दिलाए ।
यस जितसँगै सिटीले ३३ खेलमा ८० अंक जोडेको छ ।
सिटी शीर्ष स्थानमा रहेको छ ।
वाट्फोर्ड २२ अंक जोडेर रेलिगेसन क्षेत्रमा रहेको छ ।