धनगढी । नेपाल पुलिस क्लबले प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
धनगढी रंगशालामा शनिबार भएको फाइनलमा अर्को विभागीय टोली एपीएफ क्लबलाई १-० ले हराउँदै पुलिस च्याम्पियन बनेको हो ।
पुलिसलाई जित दिलाउन निर्मला विकेले निर्णायक गोल गरिन् । उनले खेलको इन्जुरी समयमा गोल गरेकी हुन् । उनी फाईनलको प्लेयर अफ द म्याच पनि भईन् ।
उपाधिसँगै पुलिसले नगद ५ लाख प्राप्त गरेको छ । उपविजेता बनेको एपीएफले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो ।

वनदेवी युवा क्लबको आयोजना भएको प्रतियोगितामा ३ विभागीय सहित ८ टिमको सहभागिता रहेको थियो ।
वनदेवी युवा क्लबा अध्यक्ष सुसन जोशीको अध्यक्षतामा भएको समापन समारोहका प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार मन्त्री दिर्घवहादुर सोडारी रहेका थिए ।
विजयी खेलाडीहरुलाई सुदुरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश रावल, सुदुरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव दिपकवहादुर सिंह, ओलम्पीयन दिपक विष्ट लगायतले पुरस्कार वितरण गरे ।