एजेन्सी । क्रिस्टियानो रोनाल्डोले गोल गरेको खेलमा म्यानचेस्टर युनाईटेड पराजित भएको छ ।
शनिबार प्रिमियर लिगको खेलमा युनाईटेडले आर्सनलसँग ३–१ को हार ब्यहोर्यो ।
घरेलु मैदानमा आर्सनलले सुरुवातमै नुनो तवारेसको गोलमा अग्रता बनाएको थियो । बुकायो साकाले पेनाल्टीमा गोल गर्दै ३२ औं मिनेटमा अग्रतालाई दोब्बर बनाउने काम गरे ।
त्यसको दुई मिनेटमा रोनाल्डोले गोल गर्दै दुरी घटाउने प्रयास गरेका थिए । ग्रेनाइट जाकाले ७० औं मिनेटमा गोल गर्दै लण्डन क्लबको जित सुनिश्चित गरे ।
युनाईटेडमाथि जित निकाल्दै आर्सनलले अर्को सिजन च्याम्पियन्स लिग खेल्ने दौडमा आफुलाई बलियो बनाएको छ ।
आर्सनल ६० अंक सहित तालिकाको चौथो स्थानमा छ । युनाईटेड ५४ अंक सहित तालिकाको छैटौं स्थानमा छ ।