मनोहरा र सानेपाको विजयी सुरुआत
शनिबार, बैशाख १०, २०७९खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक 'सी' डिभिजन लिगमा मनोहरा युनाईटेड क्लब र सानेपा क्लबले विजयी सुरुआत गरेको छ ।
एन्फा कप्लेक्स सातदोबाटोमा शनिबार भएको पहिलो खेलमा मनोहराले विरगंज युथ एकेडेमीलाई ४-० गोल अन्तरले पराजित गर्यो।
यस्तै दोस्रो खेलमा सानेपाले ओसिस क्लबलाई ३-० ले पराजित गर्दै सुखद सुरुआत गरेको हो ।
'सी' डिभिजनमा समेत १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।
लिगका शीर्ष दुई टिम 'बी' डिभिजनमा बढुवा हुनेछन् । दुई टिम रेलिगेशनमा पर्नेछन् ।
मनोहरा र सानेपाको विजयी सुरुआत










-1763309767672.webp&w=3840&q=75)


