आर्मीलाई राष्ट्रिय कबड्डीको उपाधि
बुधबार, ०७ बैशाख २०७९खेलपाटी संवाददाता

धनगढी । विभागीय टोली नेपाल आर्मी क्लबले मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि जितेको छ ।
धनगढीमा बुधबार भएको फाईनलमा अर्को विभागीय टोली नेपाल एपिएफ क्लबलाई हराउँदै आर्मीले उपाधि जितेको हो । उपाधि भिडन्तमा आर्मीले एपिएफलाई ४०–१६ ले हरायो ।
उपाधिसँगै आर्मीले १ लाख ५० हजार पुरस्कार पाएको छ । उपविजेता एपीएफले ८० हजारमा चित्त बुझाएको छ ।
कैलाली जिल्ला कबड्डी संघको आयोजनामा भएको प्रतियोगिताको सेमिफाइनल पुगेका दुई टोली सुदुरपश्चिम प्रदेश र लुम्बीनी प्रदेशले तेस्रो स्थान प्राप्त गरेका छन् । दुबै टोलीले ४०÷४० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
आर्मीलाई राष्ट्रिय कबड्डीको उपाधि















-1767162700754.jpg&w=3840&q=75)
-1767150421112.webp&w=3840&q=75)