बुधबार, १६ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

राखेपको बोर्ड बैठक शुक्रबार बस्ने

आइतबार, ०४ बैशाख २०७९खेलपाटी संवाददाता
राखेपको बोर्ड बैठक शुक्रबार बस्ने
Classic Tech Internet Ad

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठक आगामी बैशाख ९ गते बस्ने भएको छ । 

परिषद् सदस्य सचिव टंकलाल घिसिङको प्रस्तावमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले राखेपको बोर्ड बैठक बैशाख ९ गते बोलाएका छन् । 

मन्त्री गहतराजको निर्देशनमा राखेपले आगामी शुक्रबार राखेपको बोर्ड बैठक आह्वान गरेको छ । सोही अनुसार राखेपले बोर्ड सदस्यलाई बैशाख ९ गते बैठकका लागि सुचना जारी गरेको छ ।

‘बोर्ड बैठक बैशाख ९ गते बस्ने गरि राखेपबाट जानकारी आएको छ ।’ बोर्ड सदस्य सुमित्रा चौधरीले खेलपाटीसँग भनिन् । 

करिब दुई वर्षपछि राखेपको बोर्ड बैठक पहिलो पटक बस्न लागेको हो । मन्त्री गहतराजले कार्यभार सम्हाले लगत्तै राखेपको बोर्ड बैठक बसाउने तयारी गरेका थिए । तर सदस्य सचिव र बोर्ड सदस्यको मुद्धा अदालत प्रवेश गरेसँगै बैठक प्रभावित बनेको थियो । 

शुक्रबारको बैठकमा अदालत प्रवेश गरेका बोर्ड सदस्यलाई बोलाईएको छैन । तत्कालिन केपी ओली नेतृत्वको सरकारका खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले राखेपको अध्यक्षको हैसियतमा नियुक्त गरेका ९ जना बोर्ड सदस्यलाई मन्त्री गहतराजले पदमुक्त गरेका थिए । र राखेप अध्यक्षको हैसियतमा ८ नयाँ बोर्ड सदस्य नियुक्त गरेका थिए । शुक्रबारको बैठकमा गहतराजले आफुले पदमुक्त गरेका र नियुक्त गरेका बोर्ड सदस्यलाई बैठकमा बोलाएका छैनन् । 

अदालतमा बोर्ड सदस्यको मुद्धाको पेशी बैशाख ७ गते रहेको छ । बैशाख ७ गते कुनै निर्णय आएको खण्डमा अदालतको आदेश अनुसार बोर्ड सदस्यलाई बैठकमा समावेश गराउने मन्त्रालयको तयारी छ । तर अदालतबाट अन्तिम फैसला नभएको अवस्थामा तत्कालिन ओली नेतृत्वको सरकारले मन्त्रीपरिषद्बाट नियुक्त गरेका ९ जना बोर्ड सदस्यलाई बैठक बैठकका लागि पत्राचार गरेका छन् । 

अदालतबाट सदस्य सचिवमा टंकलाल घिसिङको पुर्नबहाली भएसँगै खेलकुद मन्त्री गहतराजले बोर्ड बैठकको तयारी थालेका थिए । गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद जेठमा आयोजना गर्ने निर्णय गराएका मन्त्री गहतराजले दुई वर्षदेखि बस्न नसकेको बोर्ड बैठक आह्वान गरेका छन् ।

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को धारा १० को ३ मा सदस्य सचिवले अध्यक्षसँगको परामर्शमा परिषद्को बैठक बस्ने, मिति, समय, स्थान र बैठकमा छलफल हुने विषयको सुचि ७ दिनअघि बोर्ड सदस्यलाई पठाउने उल्लेख छ । 

सोही अनुसार राखेपको बोर्ड बैठक आगामी शुक्रबार सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयको सभाहलमा बिहान ११ बजे राखिएको छ । बैठकको एजेण्डा तय गर्न सोमबार राखेपको कार्यकारी समितिको बैठक बस्दैछ ।

राखेपको कार्यकारी समितिमा सदस्य सचिव घिसिङ सहित एकेन्द्र कुँवर, नन्दा बस्याल र पदेन सदस्यको रुपमा राखेपका प्रशासनिक विभाग प्रमुख रहनेछन् ।  

खेलकुद ऐनमा राखेपको बोर्ड बैठक वर्षमा कम्तिमा दुई पटक बस्नुपर्ने उल्लेख छ । तर यसअघि खेलकुद चलाउने नेतृत्व नालायक हुँदा पछिल्लो दुई वर्षमा राखेपको बोर्ड बैठक बस्न सकेको थिएन ।  

Bajaj Pulsar Motorcycle Ad
#राखेप बोर्ड बैठक

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

खेलकुद महासंघबाट ४ जना प्रत्यक्ष निर्वाचनमा सिफारिस

खेलकुद महासंघबाट ४ जना प्रत्यक्ष निर्वाचनमा सिफारिस

रग्बी संघको वार्षिकोत्सवमा झन्डै डेढ करोडको बजेट पारित

रग्बी संघको वार्षिकोत्सवमा झन्डै डेढ करोडको बजेट पारित

राखेपको रिक्त बोर्ड सदस्य नियुक्तिको तयारी

राखेपको रिक्त बोर्ड सदस्य नियुक्तिको तयारी

Bajaj Pulsar Motorcycle Ad
कोशीको रोमाञ्चक जित, क्वार्टरफाइनलमा पुलिससँग भिड्ने

कोशीको रोमाञ्चक जित, क्वार्टरफाइनलमा पुलिससँग भिड्ने

क्वार्टरफाइनलमा हेल्प नेपाल र बूढानिलकण्ठ भिड्ने

क्वार्टरफाइनलमा हेल्प नेपाल र बूढानिलकण्ठ भिड्ने

आगामी २८ माघमा एन्फा निर्वाचन, उपाध्यक्ष  बैठक छाडेर निस्किए !

आगामी २८ माघमा एन्फा निर्वाचन, उपाध्यक्ष बैठक छाडेर निस्किए !

 प्रताप नायक बनेसँगै आयोजक त्रिवेणी  क्वार्टरफाइनलमा

प्रताप नायक बनेसँगै आयोजक त्रिवेणी क्वार्टरफाइनलमा

एन्फा चुनाव माघ २८ गते गर्न प्रस्ताव !

एन्फा चुनाव माघ २८ गते गर्न प्रस्ताव !

आर्मी र पुलिसको भेट सेमिफाइनलमै

आर्मी र पुलिसको भेट सेमिफाइनलमै

भीएआरसँग हार्‍यो युनाइटेड

भीएआरसँग हार्‍यो युनाइटेड

कमजोर डिफेन्सले डुब्यो चेल्सी

कमजोर डिफेन्सले डुब्यो चेल्सी