काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले फराकिलो जित निकालेको छ ।
शनिबार राति भएको खेलमा डर्टमण्डले उल्फ्सवर्गलाई ६-१ गोल अन्तरले हराएको हो ।
डर्टमण्डको जितमा अर्लिङ हालाण्डले दुई गोल गरे ।
यस्तै टम रोथे, एलेक्स विसल, म्यानुएल एन्काजी र इम्री क्यानले एक एक गोल गरे ।
उल्फ्सवर्गका रिडेल बाकुले एक गोल फर्काए ।
यस जितसँगै डर्टमण्डले ३० खेलमा ६३ अंक जोडेको छ ।
डर्टमण्ड दोस्रो स्थानमा रहेको छ ।
उल्फ्सवर्ग ३४ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।