एन्फा चुनाव : सी र बी डिभिजनको निर्वाचन आज

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आसन्न निर्वाचनका लागि सी र बी डिभिजन क्लबको मताधिकारका लागि आज (बिहीबार) लाग्दैछ ।
निर्वाचन तालिका अनुसार आसन्न निर्वाचनका लागि सी र बी डिभिजन क्लबको मताधिकारको टुङ्गो बिहीबार लाग्न लागेको हो ।
सी र बी डिभिजनमा समान १४ क्लब छन् । सीबाट ९ र बीबाट ११ क्लबले एन्फाको आसन्न निर्वाचनमा प्रतिनिधि छनोट गर्नेछन् ।
नयाँ नेतृत्वका आकांक्षी देखिएका वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङ्गको समूह प्यानल सहित निर्वाचनको तयारीमा छ ।
बिहीबार हुने निर्वाचनका लागि शेर्पा समूहका प्रतिनिधि बुढानिलकण्ठमा गोप्य बैठक बसेका थिए । नेम्वाङ समुहका प्रतिनिधि बुधबार राति नगरकोट पुगेका थिए । दुवै समूहका प्रतिनिधि मतदानका लागि एन्फा मुख्यालय आउन लागेका छन् ।
सी डिभिजनका क्लबमा नेम्वाङ समूह बलियो देखिएको छ भने बी डिभिजनमा शेर्पा समूह बलियो छ । सी डिभिजन क्लबमा नेम्वाङ्गको प्रभुत्व भंग गर्ने प्रयासमा शेर्पा समुह छ ।
सी डिभिजनका लागि बिहान ११ बजे समय तोकिएको छ । बी डिभिजन क्लबको निर्वाचनको समय मध्यान्न १२ बजे रहेको छ ।
एन्फाको आसन्न निर्वाचन असार ६ गते हुदैछ । बी र सी डिभिजनबाट छनोट हुने मतदाताले आसन्न निर्वाचनको लडाँई थप पेचिलो बनाउने अपेक्षा गरिएको छ ।
बी डिभिजनका क्लब
चर्च ब्वाईज युनाईटेड
रानीपोखरी कर्नर टिम आरसीटी
खुमलटार युथ क्लब
सरस्वती युथ क्लब
बाँसबारी क्लब
विरगञ्ज युनाईटेड
श्रीकुमारी क्लब
श्री भगवती क्लब
नयाँवस्ती युथ क्लब
मध्यपुर युथ क्लब
सामाजिक युथ क्लब
टुसाल युथ क्लब
ब्वाइज युनियन क्लब
झम्सिखेल युथ क्लब
सी डिभिजनका क्लब
विरगञ्ज युथ एकेडेमी
झापा फुटबल क्लब
महावीर युथ क्लब
मनोहरा युनाईटेड
प्लानिङ ब्वाईज
समाज कल्याण खेलकुद
स्वयम्भु क्लब
खालीबारी युथ क्लब
पुल्चोक युथ
सानेपा एफसी
ओसिस क्लब
स्पोर्टस एकेडेमी सागा
रानीबन स्पोर्टस क्लब
आसीथर्टीटु फुटबल एकेडेमी ।









-1767162700754.jpg&w=3840&q=75)
-1767150421112.webp&w=3840&q=75)
-1767149980626.webp&w=3840&q=75)

-1767098144368.jpg&w=3840&q=75)

