• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
पीएनजीलाई हराउँदै नेपाल च्याम्पियन  
खेलपाटी संवाददाता
सोमबार, चैत २१, २०७८ खेलपाटी संवाददाता
पीएनजीलाई हराउँदै नेपाल च्याम्पियन  

काठमाडौं । घरेलु टोलीले नेपालले त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि जितेको छ ।

त्रिवि क्रिकेट मैदानमा सोमबार भएको फाइनलमा पपुवा न्युगिनी (पीएनजी) लाई ५० रनले हराउँदै नेपालले सिरिजको उपाधि जितेको हो ।

यससँगै सन्दीप लामिछानेको कप्तानीमा नेपालले पहिलो पटक सिरिजको उपाधि जितेको छ । यस्तै नेपालले अपराजित रहदै सिरिजको उपाधि जितेको छ ।

नेपालले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको पीएनजीले १६ ओभर १ बलमा अलआउट हुँदै १ सय १८ रन मात्र बनाउन सक्यो ।

No description available.

पीएनजीका सेसे बाउले ५९ रनको अर्धशतकीय इनिङ खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । उनले ३८ बलमा १ चौका र ६ छक्का प्रहार गर्दा करण केसीको बलमा अविनास बोहराले क्याच गरे ।

यस्तै चार्ल्स अमिनीले १५, ओपनर असद भाला र लेगा सिएकाले समान ८/८ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । 

नेपालको जितमा दिपेन्द्र सिंह ऐरी नायक बने । उनले ब्याटिङमा अर्धशतक बनाउँदा बलिङमा समेत उत्कृष्ट प्रदर्शन गरे ।  

पीएनजीको ब्याटिङ धरासायी बनाउन दिपेन्द्रले ४ विकेट हात पारे । उनले ४ ओभरमा १८ रन खर्चेर ४ विकेट हात पारे । यस्तै करणले ३ र सन्दीप लामिछानेले २ विकेट हात पारे ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले अविजित रहदै ५४ रनको अर्धशतकीय इनिङ खेले । उनले ३८ बलमा अविजित ५ चौका प्रहार गर्दा टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो खेलाडी बने ।

May be an image of 2 people, people playing sports and text

आक्रामक ब्याटिङ गरेका करण केसीले अविजित रहदै ३३ रन बनाए । उनले १२ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै नेपाललाई बलियो स्कोर खडा गर्न मद्दत गरे ।

दिपेन्द्र र करणले अन्तिम २४ बलमा ५४ रन जोड्दै नेपाललाई राम्रो स्कोरमा पुर्याएका हुन् ।

यस्तै ओपनर कुशल भुर्तेल र आसिफ शेखले २५ र २९ रनको योगदान गरे । कुशलले २२ बलमा ५ चौका प्रहार गर्दा आसिफले २९ बलमा १ छक्का प्रहार गरे ।  

नेपालले ११ ओभरमा २ विकेट गुमाएर ८२ रन बनाएको थियो । तर १२ औं ओभरमा विना कुनै रन जोड्दा नेपालले ३ विकेट गुमाएपछि पीएनजीले पकड जमाएको थियो ।  सेमो कमेअको ओभरमा नेपालले एक रन नजोडी ३ विकेट गुमाएको हो ।

आदील आलमले १३ बलमा १ चौका र १ छक्का प्रहार गर्दा १५ रन बनाएर आउट भए ।

पीएनजीका कमेअले आफ्नो ४ ओभर बलिङ गर्दै १ मेडेन राख्दै २८ रन खर्चेर ३ विकेट लिए । त्यस्तै चाड सोपर, काबुअ मोरेय र रिले हेकुरेले समान १/१ विकेट लिए ।

May be an image of 4 people, people playing sports, people standing and text

पीएनजीविरुद्धको जितसँगै नेपालले टी-ट्वान्टी अन्तराष्ट्रियमा लगातार छैटौं खेल जित्न सफल भएको छ ।

गत महिना ओमानमा भएको टी-ट्वान्टी विश्वकप छनोटको अन्तिम खेलमा जित निकालेपछि नेपालले हार व्यहोरेको छैन।

यस्तै नेपालले पीएनजीविरुद्ध एकदिवसीय सिरिजमा व्यहोरेको हारको बदला समेत लिएको छ । पीएनजीले नेपालविरुद्धको एकदिवसीय सिरिज २-० ले क्लिन स्विप गरेको थियो ।

सिरिजमा नेपाल अपराजित रहँदै फाइनल पुगेको हो  । मलेसिया र पपुवा न्युगिनी (पीएनजी) भने तीन खेलमा पराजित हुँदा एक खेल जित्दै नेट रनरेटमा  अघि रहदै पीएनजी फाइनल पुगेको हो ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
उपाधि रक्षातिर नेपाल
उपाधि रक्षातिर नेपाल
मलेसियासँग नेपालले टस जित्यो
मलेसियासँग नेपालले टस जित्यो
इङ्ल्यान्डविरुद्ध गिलको शतक
इङ्ल्यान्डविरुद्ध गिलको शतक
सिटी इन्डोर क्रिकेट च्याम्पियनसिप असार अन्तिम साता
सिटी इन्डोर क्रिकेट च्याम्पियनसिप असार अन्तिम साता
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP