मार्सल आर्ट्स टोली इन्डोनेसिया प्रस्थान
बिहिबार, १५ कार्तिक २०७५खेलपाटी संवाददाता

काठमाडौं । एसियाली मार्सल आर्ट्स च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली बिहीबार इन्डोनेसियाको बाली प्रस्थान गरेको छ ।
नोभेम्बर २ देखि ७ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ६० केजीमुनि पुकार हुमागाईं तथा ६५ केजीमुनि अजय बुढाथोकीले प्रतिस्पर्धा गर्नेछन् । टिम प्रशिक्षकमा सीताराम हुमागाईं तथा व्यवस्थापकमा राजेश तामाङ रहेका छन् ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले बिहीबारै एक कार्यक्रमबीच बिदाइ गरे । मार्सल आगर्ट्स अर्गनाइजेसन नेपालको पहलमा टोली प्रतियोगितामा सहभागी हुन लागेको हो ।












%20(1)-1764163746521.jpeg&w=3840&q=75)
-1764163211372.jpg&w=3840&q=75)
%20(1)-1764162634072.jpeg&w=3840&q=75)
-1764157792407.jpeg&w=3840&q=75)
