भरतपुरमा साइक्लिङ म्याराथन हुने

काठमाडौं । चितवनमा पहिलो पटक साइकल म्याराथन आयोजना हुने भएको छ । प्रज्ञा स्मृति प्रतिष्ठानले चितवनमा प्रज्ञा स्मृति भरतपुर साइक्लिङ म्याराथन आयोजना गर्ने भएको हो ।
साइकल म्याराथन यहि चैत २६ गाते आयोजना हुने प्रतिष्ठानले जनाएको छ । म्याराथनको दुरी ६५ देखि ७० किलोमिटर हुनेछ ।
म्याराथनमा तीन विधामा प्रतिस्पर्धा हुनेछ । इलाइट महिला र पुरुष, मास्टर महिला र पुरुष, र भरतपुर विशेष अन्तर्गत चितवन जिल्लाका मात्र महिला पुरुषले सहभागिता रहने छ ।
नारायणी किनारबाट सुरु हुने म्याराथन भरतपुर महानगरपालिकाको विभिन्न भित्रि सडक हुँदै पुन: नारायणी किनार पुगेर समापन हुने छ ।
चितवन भौगोलिक हिसाबले साइकलको लागि उपयुक्त जिल्ला हो ।
प्रतियोगिताका विजेता खेलाडीले इलाइट महिला पुरुष दुवै तर्फमा प्रथम हुनेले ४५ हजार, दोस्रो हुनेले ३५ हजार, तेस्रोलाई ३० हजार, चौथोलाई २५ हजार, पाचौं हुनेलाई २० हजार, छैठौंले १५ हजार, सातौँले १० हजार, आठौँले ८ हजार, नवौंले ७ हजार र दशौँ हुनेले ५ हजार प्राप्त गर्ने छन् ।
यस्तै पुरुष मास्टरतर्फ ३० वर्ष भन्दा माथिका ब्यक्तिले सहभागिता जनाउने छन् । जसको पुरस्कार राशि प्रथम हुनेले २५ हजार, दोस्रो हुनेले २० हजार र तेस्रोलाई १५ हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
महिला मास्टरतर्फ प्रथम हुनेले २० हजार, दोस्रो हुनेले १५ हजार र तेस्रोलाई १० हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
भरतपुर विशेस अन्तर्गत महिला र पुरुष दुवैतर्फ प्रथम हुनेले २० हजार, दोस्रो हुनेले १५ हजार र तेस्रोलाई १० हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।














-1762856022963.jpg&w=3840&q=75)

