खेलकुद महासंघ गण्डकीको सम्मेलन हुने
बुधबार, १६ चैत्र २०७८नारायण क्षेत्री

पोखरा । नेपाल खेलकुद महासंघ प्रदेश कमिटि गण्डकीको प्रथम ऐतिहासिक सम्मेलन पोखरामा हुने भएको छ ।
नेपाल खेलकुद महासंघले बुधबार पोखरामा पत्रकर सम्मेलन गरी चैत १९ र २० गते सम्मेलन आयोजना हुने जानकारी दिइको हो ।
पत्रकार सम्मेलनमा बोल्दै कार्यक्रम संयोजक बिष्णु पुनले गण्डकी प्रदेश अन्तर्गतका कास्की, स्याङजा, नवलपुर, तनहुँ, लमजुङ, गोरखा, मनाङ, मुस्ताङ, पर्वत, म्याग्दी र बागलुङ गरी ११ जिल्लाका १ सय ४३ जना प्रतिनिधिहरुले सम्मेलनमा भाग लिने जानकारी दिए ।
सम्मेलनमा खेलकुदका परम्परागत संरचनालाई वैज्ञानिक बनाउँदै अधिकार सम्पन्न खेलकुद प्राधिकरण स्थापनाका लागि पहल गर्ने, साहसिक तथा पर्यटकीय खेलकुदको संस्थागत विकासमा जोड, भेट्रान खेलाडीहरुलाई खेल क्षेत्रमा नै सक्रिय बनाउन पहल कदमी चाल्ने लगायतका बिषयमा घनिभूत छलफल हुने संयोजक पुनले बताए ।
खेलकुद महासंघ गण्डकीको सम्मेलन हुने









-1767150421112.webp&w=3840&q=75)
-1767149980626.webp&w=3840&q=75)

-1767098144368.jpg&w=3840&q=75)


