बिहिबार, ०५ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Loading ad...
Bhat Bhateni Supermarket Ad

बविस र डेभिडको विजयी सुरुआत

बुधबार, ०९ चैत्र २०७८खेलपाटी संवाददाता
बविस र डेभिडको विजयी सुरुआत
Loading ad...
mustang rice ad

काठमाडौं । केबीएका बविस थापा र नेपाल आर्मीका डेभिड थापा मगरले प्रथम राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्समा बुधबार विजयी सुरुआत गरेका छन् ।

भक्तपुरको लिवालिस्थित कभर्डहलमा बविसले बीबीसीका प्रबुन चौलागाईंलाई २१–७ र २१–१० तथा डेभिडले धन्यन्तरीका बासु लामाबाट वाकओभर पाए ।

त्यस्तै कपिलवस्तुका अभय महराले भक्तपुरका प्रशान्त देसेमरुलाई २१–१० र २१–७ काठमाडौंका स्वयं महर्जनले १६ फेडरका अरुस सिम्खबाट वाकओभर, धन्यन्तरीका विकास कटुवालले रिभाइभका प्रसोबरत्न शाक्यलाई २२–२०, १४–२१ र २१–१७, आर्मीका प्रवीण लिङथेपले फेडरका प्रारम्भ सिम्खडाबाट वाकओभर तथा फेडरका अमन महर्जनले पीएफसीका अविनाश कार्कीलाई २३–२१, १८–२१ र २१–१७ ले हराए ।

भक्तपुर जिल्ला ब्याडमिन्टन संघद्वारा आयोजित प्रतियोगिताको यु–१५ ब्वाइज सिंगल्समा देवीनगरका सक्षम ढकाल, स्पोर्ट्स हबका सुनिल कार्की, बुटवल बीसीका कृष नेपाल, सूर्यदर्शनका आदित्य थारु, धन्यन्तरीका सुहम कार्की, कपिल्वस्तुका शिभम कसुन्धन, फेडरका अमन महर्जन, कपिल्वस्तुका सुविन श्रेष्ठ, वाइसीबीसीका रिजन मगर, संखुवासभाका श्रीम्सा कटुवाल, कैलालीका प्रकाश उपाध्याय, भक्तपुरका आभाषविक्रम खड्का, स्पोर्ट्स हबका अनिश गुरुङ, भक्तपुरका कसिर नाखेत्रु, धन्यन्तरीका सत्यम कार्की, काठमाडौंका राजेन्द्र महर्जन, देवीनगरका अदिश कार्की, बेल्टार बीएका जनिश मगर, वाइसीबीसीका विल्सन राई, आनन्द पाख्रिन, धादिङका सलिन गुरुङ, सूर्यदर्शनका सक्षम राणा र कमप्लिट हेल्थका रिसब राईले सफल पाए ।

प्रतियोगिताको भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले एक कार्यक्रमबीच उद्घाटन गरे । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर प्रजापतिले भक्तपुर नगरपालिकाले खेलकुदलाई प्राथमिकतामा राखेर अगाडि बढेको बताए ।

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रा शर्मा र नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले प्रतियोगिता सफलताका लागि शुभकामना दिए ।

आयोजक संघका अध्यक्ष राजेन्द्रप्रसाद प्रजापतिले प्रतियोगिताले आगामी दिनमा पनि निरन्तरता पाउने बताए । आयोजक संघका उपाध्यक्ष नवीन प्रजापतिले प्रतियोगिता बारे प्रकाश पारेका थिए ।

प्रतियोगितामा २ सय भन्दा बढी खेलाडीले विभिन्न ६ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् । यु–१५ पुरुष÷महिला सिंगल्समा शीर्ष स्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार र ७ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन् ।

पुरुष÷महिला सिंगल्सका विजेताले ३५ हजार, उपविजेताले २० हजार र तेश्रोले १२ हजार ५ सयका दरले नगद पुरस्कार हात पार्ने छन् । भेट्रान ४५ वर्षमाथि डबल्स र पुरुष डबल्समा पहिलो हुनेलाई ३० हजार, दोश्रोलाई १५ हजार र तेश्रोलाई ७ हजार ५ सय नगदबाट पुरस्कृत गरिने छ ।

 

Loading ad...
LiNing Ad
बविस र डेभिडको विजयी सुरुआत

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

एट्लेटिकोलाई सहज, बार्सिलोनालाई दबाब कायमै

एट्लेटिकोलाई सहज, बार्सिलोनालाई दबाब कायमै

इशान किशन बने हैदराबादका कप्तान

इशान किशन बने हैदराबादका कप्तान

जापानले महिला एसियन कपको फाइनलमा

जापानले महिला एसियन कपको फाइनलमा

झापामाथि आर्मीको एकतर्फी जित

झापामाथि आर्मीको एकतर्फी जित

भिआइटी गण्डकीको मुख्य प्रायोजक

भिआइटी गण्डकीको मुख्य प्रायोजक

संकटाको प्रभावशाली सुरुआत

संकटाको प्रभावशाली सुरुआत

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा