• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
गण्डकी प्रदेश फाइनलमा
खेलपाटी संवाददाता
बुधबार, चैत ९, २०७८ खेलपाटी संवाददाता
गण्डकी प्रदेश फाइनलमा

धनगढी ।  गण्डकी प्रदेश कैलालीको धनगढीमा जारी मुख्यमन्त्री कप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

आफ्नो समूह चरणको अन्तिम खेलमा बुधबार मधेस प्रदेशलाई २० रनले पराजित गर्दै गण्डकी उपाधि नजिक पुगेको हो ।

फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको गण्डकीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७ रनको योगफल तयार पार्यो । १ सय ८ रनको विजयी लक्ष्य पछ्याएको मधेस प्रदेशले २० ओभरमा ६ विकेट गुमाएर ८७ रन मात्रै बनाउन सक्यो । उसका एलिशा यादवले अविजित ३१ र साना प्रवीणले २१ रन बनाइन । बलिङ तर्फ गण्डकीकी कुसुम गोदरले २ र ज्योत्स्नीका मरासिनी तथा आकृति तिवारीले समान १÷१ विकेट लिइन ।

त्यस अघि गण्डकीका लागि ज्योत्स्नीका मरासिनीले ३४ बलमा ८ चौकाको मद्दतले ४३ रनको पारी खेलिन । उसका आङ्पेम्बलुम्बा सेर्पाले १७ रन बनाइन् । बलिङ तर्फ मधेस प्रदेशकी प्रतिमा शाह, साना प्रविन र विमला मगरले समान २÷२ विकेट लिइन । खेलको प्लेयर अफ दी म्याच ज्योत्स्नीका मरासिनी चुनिइन ।

बुधवार भएको दोस्रो खेलमा सान्त्वना जित निकालेको लुम्बिनी प्रदेशले कर्णाली प्रदेशको फाइनल यात्रामा अङ्कुश लगाइदिएको छ । यो खेल जितेको खण्डमा आफ्नो समूह चरणको एक खेल अगावै समूह विजेता बनेर कर्णाली प्रदेशलाई फाइनल प्रवेश गर्ने अवसर थियो । तर लुम्बिनी प्रदेशसँग ५ विकेटले पराजित भएको कर्णालीले अब बिहीबारको खेल कुर्नुपर्ने भएको छ । टस जितेर ब्याटिङ थालेको कर्णालीले १९.४ ओभरमा आफ्ना सबै विकेट गुमाएर ७२ रन बनायो । ७३ रनको विजयी लक्ष्य पछ्याएर जवाफी ब्याटिङ थालेको लुम्बिनीले १४.३ ओभरमै ५ विकेट गुमाएर लक्ष्य भेट्टायो । लुम्बिनीका लागि रन्जु श्रेष्ठले २९ रनको योगदान दिइन । बलिङ तर्फ कर्णालीकी अञ्जली थापा र तिर्सना विश्वकर्माले समान २÷२ विकेट लिइन ।

त्यस अघि कर्णालीका लागि किरण कुमारी कुँवरले २१ रन बनाउनु बाहेक अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकिनन् । बलिङ तर्फ लुम्बिनीलाई सान्त्वना जित दिलाउन आष्मा पुलामी मगरले ४ ओभर बलिङ गर्दै १ मेडनसहित ६ रन खर्चेर ३ महत्त्वपूर्ण विकेट लिइन । उनी खेलको प्लेयर अफ दी म्याच घोषित भइन ।

समूह चरणको अन्तिम खेलमा बिहीबार सुदूरपश्चिम र बागमती प्रतिस्पर्धा गर्नेछन् । १÷१ जित मात्रै निकालेका यी दुई टोली मध्य विजेता टोलीले कर्णाली प्रदेशसँग अङ्क बराबरी गर्नेछन् । उक्त खेल पछि रन रेटका आधारमा गण्डकी प्रदेशसँग उपाधि भिडन्त गर्ने टोलीको टुङ्गो लाग्ने छ ।

नेपाल क्रिकेट सङ्घ(क्यान) को आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले पाँच लाख र दोस्रो हुनेले तीन लाख नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा ७ प्रदेशका सात १९ वर्ष मुनीको महिला राष्ट्रिय क्रिकेट टिमका खेलाडीको सहभागिता रहेको सङ्घका प्रदेश अध्यक्ष हरि रेग्मीले बताए ।  

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
उपाधि रक्षातिर नेपाल
उपाधि रक्षातिर नेपाल
मलेसियासँग नेपालले टस जित्यो
मलेसियासँग नेपालले टस जित्यो
इङ्ल्यान्डविरुद्ध गिलको शतक
इङ्ल्यान्डविरुद्ध गिलको शतक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
सिकेर फर्किने कि जितेर?
सिकेर फर्किने कि जितेर?
जित्नैपर्ने खेलमा नेपालको चुनौती उज्बेकिस्तानलाई
जित्नैपर्ने खेलमा नेपालको चुनौती उज्बेकिस्तानलाई
आर्मीको विजयी सुरुआत
आर्मीको विजयी सुरुआत
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP