• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
रोहित, आरिफ र सोमपालले जोगाए साख
खेलपाटी संवाददाता
बुधबार, चैत ९, २०७८ खेलपाटी संवाददाता
रोहित, आरिफ र सोमपालले जोगाए साख

काठमाडौं । सोमपाल कामीले राष्ट्रिय टोलीमा कमब्याक गरेका थिए । रोहित पौडेल पछिल्लो वर्षमा एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी हुन् । आरिफ शेख नियमित राष्ट्रिय टोलीबाट खेल्दै आएका थिए ।

आईसीसी क्रिकेट विश्वकप लिग टुको तेस्रो सिरिज खेल्न यूएई जाँदा तीनै खेलाडी टोलीमा थिए  । सिरिजबाट नेपाललाई लिगको अंक तालिकामा फड्को मार्ने राम्रो अवसर थियो ।

चार खेलको सिरिज अघि नेपालले श्रीलंकामा चार अभ्यास खेल खेल्यो । पहिलो श्रेणीको क्रिकेट क्लबसँग तीन अभ्यास खेलमा आफ्नो पक्षमा नतिजा हात पारेपनि नेपालले उच्च प्रदर्शन गर्न चुक्यो । मुख्यत ब्याटिङमा नेपाल पछि परेको थियो ।

त्यसको डर यूएईमा पनि थियो । त्यो डर यूएईमा देखियो । नेपाल ब्याटिङमा डगमगायो । श्रीलंकामा जस्तै केहि नतिजा आफ्नो पक्षमा पारेपनि खेलबाट कोहि सन्तुष्ट भएनन् । न खेलाडी आफ्नो प्रदर्शनबाट सन्तुष्ट थिए, न प्रशिक्षकलाई खेलमा चित्त बुझेको थियो । न त समर्थकलाई नेपालको ब्याटिङ मन परेको थियो । कसैलाई नेपालको प्रदर्शनबाट सन्तुष्ट थिएन ।

लिग टुको तेस्रो सिरिजमा नेपालले दुई खेल घरेलु टोली यूएई र दुई खेल पपुवा न्युगिनी (पीएनजी) सँग खेलेको थियो । पीएनजीलाई नेपालले दुवै खेलमा पराजित गर्यो तर यूएईसँग नेपालले दुवै खेलमा सम्झनलायक प्रदर्शन गर्न सकेन । सामान्य लक्ष्य पछ्याउँदा समेत नेपाल यूएईसँग पराजित भयो । बलिङमा नेपालले उच्च प्रदर्शन  गर्दै आफ्नो विराशत कायम राख्न सफल भयो । तर नेपाल ब्याटिङमा नेपाल इतिहासकै खराब प्रदर्शन गर्दै खराब कीर्तिमान बनायो ।

May be an image of 3 people, people playing sport and people standing

सिरिजमा नेपालले चारवटै खेलमा दोस्रो ब्याटिङ गर्दै लक्ष्य पछ्याएको थियो । पीएनजीविरुद्ध संघर्षपूर्ण २ विकेटको जित निकाल्दै सिरिज सुरुआत गर्यो । जितका मुख्य खेलाडी थिए रोहित पौडेल र आरिफ शेख । रोहित र आरिफले शतकीय साझेदारी गर्दै नेपालको जितको आधार तयार गरेका थिए । नेपाल १५ ओभरमा ४२ रनमा ४ विकेट गुमाएको स्थितिमा यी दुई खेलाडीले पाँचौं विकेटका लागि १ सय २ रनको साझेदारी गरेका थिए । रोहित ६० रनको अर्धशतकीय इनिङ खेल्दै ज्ञानेन्द्र मल्लसँग नेपालको लागि एकदिवसीयमा सर्वाधिक अर्धशतक बनाउने कीर्तिमान साझा गरेका थिए । आरिफ भने आफ्नो पहिलो अर्धशतकबाट १ रनले चुके । अन्त्यमा करन केसीले खेलको २९ रनको अविजित इनिङ खेल्दै अन्तिम ओभरमा विजयी छक्का प्रहार गर्दै नेपाललाई जित दिलाएका थिए । अन्य खेलाडीले नेपालको जितमा ठुलो योगदान दिन सकेनन् ।

May be an image of 2 people, people standing and people playing sport

दोस्रो खेलमा लयमा रहेको घरेलु टोली यूएईको ब्याटिङ इनिङलाई फास्ट बलरद्वय सोमपाल कामी र करन केसीको शानदार बलिङले धरासायी पार्यो । सोमपालले ९ ओभरमा ३९ रन खर्चेर महत्वपूर्ण ४ विकेट निकाल्दा करनले ७ ओभर ३ बल बलिङ गर्दै ३६ रन खर्चेर ३ विकेट हात पारेपछि यूएई १ सय ६८ रनमा अलआउट भयो र सहज जित निकाल्ने अवसरमा नेपालले १ सय २० रनमा अलआउट हुँदै खेर फाल्यो । नेपाल पराजित हुँदा एक महिना अगाडी ओमानमा भएको टी ट्वान्टी विश्वकप छनोटको बदला लिने सुनौलो मौकामा खेर फाल्यो । खेलमा नेपालको ब्याटिङ निकै दयनीय देखिएको थियो । खेलमा रोहित पौडेलले ४६ रन बनाउनु बाहेक अन्य खेलाडीले गैरजिम्मेवारीपूर्ण ब्याटिङका कारण पराजित हुन पुग्यो ।

May be an image of 4 people and people standing

तेस्रो खेलमा नेपालले अझ खस्कँदो प्रदर्शनलाई निरन्तरता दियो । सोमपाल र करनले आफ्नो बलिङ लय निरन्तरता राख्दै २/२ विकेट लिंदा कप्तान सन्दीप  लामिछानेले ३ विकेट लिएपछी युएई २ सय २ रनको मध्य योगफलमा रोकियो । यूएईले दिएको २ सय ३ रनको लक्ष्य पछ्याएको नेपाल ३५ ओभर १ बलमा मात्र १ सय ३ रनमै समेटियो । नेपाल एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा अलआउट भएको यो सबैभन्दा कम स्कोर हो । लजास्पद हारमा नेपालका ब्याटर निरिह जस्तै रहे । ज्ञानेन्द्र मल्लले सर्वाधिक ३० रन बनाउनु बाहेक अन्य खेलाडीले खास रन बनाउन सकेनन् ।

अन्तिम खेलमा भने नेपालले कमब्याक गर्यो । पीएनजीविरुद्ध नेपालले ७ विकेटको जित निकाल्दा नेपालका कुशल भुर्तेलले ५० रनको अर्धशतकीय इनिङ खेले । लयमा राखेका रोहित पौडेलले ४४ रन बनाउँदा अविजित रहे भने आरिफ शेखले आफ्नो पहिलो एकदिवसीय अन्तराष्ट्रिय अर्धशतक पूरा गरे । नेपालको सहज जितमा उनले १ सय २ बलमा ५९ रन बनाएका थिए ।   

May be an image of 1 person, standing and text that says

सिरिजमा नेपालको लागि सर्वाधिक रन रोहित पौडेलले बनाए । उनले ४ खेलमा २ सय १२ बल खेल्दै १ सय ५९ रन बनाए । यस्तै सिरिजमा आरिफले समेत ४ खेल खेल्दै २ सय २८ बलमा १ सय २३ रन बनाउन सफल रहे । अन्तिम खेलमा अर्धशतक बनाएका कुशलले ४ खेलमा ९३ बलको सामना गर्दै ६६ रन मात्र योगदान दिन सके । पहिलो ३ खेलमा उनले मात्र १७ रन बनाउन सकेका थिए । अनुभवी ज्ञानेन्द्र मल्लले ३ खेलमा १ सय ३३ बल खेल्दै मात्र ६२ रन जोड्दा अन्तिम खेलमा बेञ्चमा बस्नु पर्यो । यी बाहेक अन्य खेलाडीले सिरिजमा सम्झनलायक प्रदर्शन दिन सकेनन् । अन्य खेलाडीले जम्मा ५० रनको आंकडा समेत पुरा गर्न सकेनन् ।

बलिङमा सोमपाल कामीले मुख्य भूमिका खेल्दै सर्वाधिक ११ विकेट लिए । ४ खेलमा ३९ ओभर बलिङ गर्दै उनले नेपालको लागि सर्वाधिक विकेट लिए सोमपालले ३ खेलमा ब्याटिङ गर्दै २९ रनको योगदान समेत गरेका थिए । नेपालक सर्वाधिक सफल दोस्रो बलरमा कप्तान सन्दीप लामिछाने रहे । उनले ४ खेलमा ४० ओभर बलिङ गर्दै १ सय २१ रन खर्चेर ७ विकेट चट्काए । करन केसीले ४ खेल खेल्दै २९ ओभर ३ बलमा ६ विकेट निकाल्न सफल रहे । आरिफले बलिङमा समेत योगदान गरे । उनले २५ ओभर बलिङ गर्दै ३ विकेट समेत हात पारे ।

May be an image of 3 people and people playing sport

सिरिजमा अन्य खेलाडीले राम्रो छाप छोड्न सकेनन् । सिरिजमा नेपालका दुई खेलाडीले डेब्यु गरे । बाँया हाते स्पिनर सागर ढकालले पीएनजीविरुद्ध डेब्यु गरे ।  यद्दपी उनले ४ ओभर मात्र बलिङ गर्दा विना विकेट २१ रन खर्चिए । उनले दोस्रो खेलमा यूएईविरुद्ध समेत ४ ओभर बलिङ गर्दा १३ रन खर्चेर पहिलो एक दिवसीय विकेट हात पारे । अर्का डेब्यु गर्ने खेलाडी भिम शार्की रहे । उनले पीएनजीविरुद्धको अन्तिम खेलमा एकदिवसीय डेब्यु गर्दा ब्याटिङ गर्न पाएनन् । खेल खेल्न नपाउने खेलाडीमा विवेक यादव एक्लो रहे ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
उपाधि रक्षातिर नेपाल
उपाधि रक्षातिर नेपाल
मलेसियासँग नेपालले टस जित्यो
मलेसियासँग नेपालले टस जित्यो
इङ्ल्यान्डविरुद्ध गिलको शतक
इङ्ल्यान्डविरुद्ध गिलको शतक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
सिकेर फर्किने कि जितेर?
सिकेर फर्किने कि जितेर?
जित्नैपर्ने खेलमा नेपालको चुनौती उज्बेकिस्तानलाई
जित्नैपर्ने खेलमा नेपालको चुनौती उज्बेकिस्तानलाई
आर्मीको विजयी सुरुआत
आर्मीको विजयी सुरुआत
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP