• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
पारस र सावित्रा दशक खेलाडी 
खेलपाटी संवाददाता
मंगलबार, चैत ८, २०७८ खेलपाटी संवाददाता
पारस र सावित्रा दशक खेलाडी 
दशक अवार्ड विजेता पारस खड्का र सावित्रा भण्डारी । फोटो : निशान्त श्रेष्ठ/खेलपाटी

काठमाडौं । पारस खड्का र सावित्रा भण्डारीले एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको दशक अवार्डबाट सम्मानित भएका छन् । पछिल्लो १० वर्षमा नेपाली खेलकुदमा गरेको प्रदर्शनका आधारमा क्रिकेटका पारस र फुटबलकी सावित्राले दशक खेलाडी अवार्ड पाएका हुन् ।  

आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार काठमाडौंको प्रज्ञा भवनमा भव्य समारोहको आयोजना गरि दशक अवार्डबाट खेलाडीलाई पुरस्कृत गरेको हो । दशकको प्रशिक्षक अवार्डबाट भने क्रिकेटका जगत टमाटा सम्मानित बने । कोभिड १९ का कारण २०७७ सालमा खेलकुदका उल्लेख्य गतिविधि नभएकाले मञ्चले पछिल्लो एक दशक नेपाली खेलकुदमा छाएका पुरुष, महिला खेलाडी र प्रशिक्षकलाई दशक अवार्डबाट सम्मानित गरेको हो । 

पिपल्स च्वाईस अवार्ड भने टेबलटेनिसकी एलिना महर्जनले जितेकी गरिन् । उनले फुटबलकी एन्जिला तुम्बापो सुब्बा, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल र क्रिकेटका कुशल भुर्तेललाई पछि पार्दै पिपल्स च्वाइस अवार्ड जितेकी हुन् । उनले ईसेवा भोटिड, प्रशिक्षक र खेल पत्रकारको मतका आधारमा उनी विजेता बनेकी हुन् । 
दशक पुरुष, दशक महिला र दशक प्रशिक्षक र पिपल्स च्वाइस अवार्डबाट सम्मानित बनेका चारै जनाले ट्रफीसहित बजाज पल्सर मोटरसाइकल प्राप्त गरेका छन् । 

यस वर्ष गोल्डेन स्यायुट अवार्डबाट शरदचन्द्र शाहलाई सम्मान गरियो । नेपाली खेलकुदको जग हाल्न महत्वपुर्ण भुमिका खेलेका शाहलाई कार्यक्रममा लाइफटाइम अचिभमेन्टअवार्ड अन्तर्गत मरणोपरान्त गोल्डेन स्यालुट अवार्डबाट सम्मान प्रदान गरिएको हो । यस्तै, एसियन स्पोर्टस जर्नलिस्ट अवार्डबा कुवेतका सद्दाम अल खाली सम्मानित भए । उनको सम्मान एआईपीएस एसियाका महासचिव अमजद अजिज मलिकले ग्रहण गरेका थिए । 

स्पेसल अवार्ड खेलकुद क्षेत्रमा लामो समय चिकित्सकीय सेवा गरेका अजय राणा र पर्फमर अफ दी इयरबाट एथलेटिक्सकी पुष्पा भण्डारी पाएका थिए । पारा एथलिट अवार्डबाट बास्केटबल, पावर लिफ्टिडकी सरिता थुलुङ सम्मानित हुँदा टिम अफ दी ईयरबाट थ्री नेसन्स कप विजेता नेपाली राष्ट्रिय फुटबल टिम (पुरुष) सम्मानित बनेको थियो । विधागततर्फका विजेताले ट्रफीसहित जनही ५० हजार रुपैयाँ प्राप्त गरेका थिए । 

विजेता तथा सम्मानित खेलाडीलाई युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, प्रायोजक हंशराज हुलासचन्द एन्ड कम्पनीका प्रवन्ध निर्देशक शेखर गोल्छा, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेपका उपाध्यक्ष शिव कोइराला, निमित्त सदस्यसचिव कुलबहादुर थापा, मन्त्रालयका सचिव दामोदार रेग्मीसहित विभिन्न कर्पोरेट क्षेत्रका व्यक्तित्वले पुरस्कार प्रदान गरेका थिए ।

बजाजको पल्सर मुख्य प्रायोजक रहेको स्पोर्टस अवार्डलाई हरेक वर्ष नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्दै आएको छ । कार्यक्रमलाई सूर्य नेपाल, इ सेवा, डिस मिडिया नेटवर्क, केल्मी, प्लाजा होटल ग्रुप, रोयल सिंगी होटल, इमेजिङ, नेबिल इनभेस्टमेन्ट बैंकिङ, रुस्लानले प्रायोजन गरेका थिए । अवार्ड कार्यक्रमलाई नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीले सहयोगी भूमिका निर्वाह गरेका थिए । 
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
२०औं एसियन गेम्स : मन्त्रालयले ३१, ओलम्पिकले दर्ता गरायो ३० खेल !
२०औं एसियन गेम्स : मन्त्रालयले ३१, ओलम्पिकले दर्ता गरायो ३० खेल !
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
आर्मीको विजयी सुरुआत
आर्मीको विजयी सुरुआत
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP