काठमाडौं । परिवारका कैयौ सदस्य अस्पतालमा भर्ना भएपनि बंगलादेशका अलराउन्डर सकिब अल हसनले दक्षिण अफ्रिकाविरुद्धको तेस्रो एकदिवसिय खेल्ने निर्णय गरेका छन् ।
घरेलु टोली दक्षिण अफ्रिका र बंगलादेशबीचको तेस्रो खेल बुधबार हुदैछ ।
अर्कोतर्फ सकिबका बच्चासहित परिवारका कैयौ सदस्य विभिन्न खाले विरामीका कारण अस्पतालमा भर्ना भएका छन् ।
सकिब सोमबार नै बंगलादेश फर्किने योजनामा रहेपनि उनले दक्षिण अफ्रिकामै बस्ने निर्णय गरे ।
बंगलादेश क्रिकेट बोर्डले सोमबारका लागि उनको हवाई टिकट सुनिश्चित गरेको थियो ।
तर सकिबले तेस्रो एकदिवसिय खेलेरै फर्किने निर्णय गरेका छन् ।
तीन खेलको सिरिजमा दक्षिण अफ्रिका र बंगलादेश १–१ को बराबरीमा रहेको छ र तेस्रो खेलले सिरिज विजेताको टुंगो लगाउनेछ ।