काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजअ नेपालले आज मंगलबार पपुवा न्युगिनी (पीएनजी) विरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
दुबई क्रिकेट रंगशालामा नेपालले पीएनजीको सामना गर्नेछ । नेपाल र पीएनजीबीचको खेल नेपाली समय अनुसार बिहान ११:१५ बजे सुरु हुनेछ ।
नेपालले यस अघि पीएनजीविरुद्ध तीन एकदिवसीय खेल खेलेको छ । सबै खेलमा नेपालले जित निकालेको छ । तर पछिल्लो समय नेपालले कमजोर ब्याटिङ प्रदर्शन गर्दै आएकोमा नेपाललाई पीएनजीविरुद्ध खेल्न सहज हुने छैन ।
यूएई सिरिजमा नेपाल तथा पीएनजीको अन्तिम खेल हो । अन्तिम खेलमा दुवै टोली जितका साथ सिरिज अन्त्य गर्न चाहन्छन् । यूएई सिरिजको तीन खेल खेलिसक्दा पछिल्लो दुई खेलमा नेपाल पराजित भएको छ। दुवै खेल नेपालले यूएईसँग हारेको थियो भने पीएनजीले तेस्रो खेलमा यूएईलाई हराएको थियो ।
पीएनजीले भने सुरुआती दुई खेलमा हार व्यहोरेको थियो । तर तेस्रो खेलमा भने जित निकाल्न सफल भएको थियो ।
लिग टु मा कमजोर देखिएको पीएनजीले यूएईलाई पराजित गरेसँगै उसको मनोबल उच्च भएको छ । लगातार १४ खेलमा पराजय व्यहोरेको पीएनजी यूएईलाई हराएर २ जोड्न सफल भएको थियो ।
नेपाल पछिल्लो खेलमा कमजोर ब्याटिङ गर्दै सामान्य लक्ष्य भेट्टाउन नसकेको बेला पीएनजीको खेलमा जित निकाल्न सामान्य संघर्षले नपुग्ने अनुमान गर्न सकिन्छ ।
पीएनजी पहिलो खेलमा यूएईविरुद्ध ७ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा नेपासँग २ विकेटले हार व्यहोर्द तेस्रो खेलमा यूएईलाई ६ विकेटले पराजित गर्दै पुनरागमन गरेको थियो ।
लिग टुमा नेपाल ११ खेलमा ५ जित निकाल्दै १० अंक बनाएर तालिकाको छैटौं स्थानमा छ । लिग टुमा नेपाल सर्वाधिक कम खेल खेल्ने राष्ट्र हो । यस अघिका खेलमा पीएनजीलाई २ विकेटले हराउँदा नेपाल यूएईसँग ४८ र ९९ रनले पराजित भएको थियो ।