काठमाडौं । घरेलु टोली युएईविरुद्ध नेपालले तीन परिवर्तन गरेको छ ।
नेपालले ओपनर आसिफ शेख, फास्ट बलर कमलसिंह ऐरी र स्पिनर सागर ढकाललाई बेन्चमा राख्ने निर्णय गरेको छ ।
उनीहरुको स्थानमा भने विकेटकिपर विनोद भण्डारी, विक्रम सोब र पवन सर्राफ प्लेइङ–११ मा फर्किएका छन् ।
नेपालको प्लेइङ ११ः
कप्तान सन्दीप लामिछाने, विनोद भण्डारी (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, पवन सर्राफ, आरिफ शेख, करण केसी, रोहित कुमार पौडेल, विक्रम सोब र सोमपाल कामी ।