काठमाडौं । इंग्ल्यान्ड र वेस्ट इन्डिजबीचको दोस्रो टेस्ट बराबरीमा सकिएको छ ।
आईसीसी टेस्ट च्याम्पियनसिप अन्तर्गतको दोस्रो टेस्ट बराबरीमा सकिएको हो ।
पहिलो टेस्ट पनि बराबरीमा सकिएको थियो । अन्तिम तथा तेस्रो टेस्ट बिहीबार सुरु हुनेछ ।
ब्रिजटाउनमा वेस्ट इन्डिजले २ सय ८२ रनको लक्ष्य पाएको थियो ।
जवाफमा वेस्ट इन्डिजले दोस्रो इनिङमा ५ विकेट गुमाएर १ सय ३५ रन जोडेपछि खेल बराबरीमा सकिएको हो ।
दोस्रो इनिङ्समा वेस्ट इन्डिजका क्रेग ब्रेथवेटले अविजित ५६ रनको अर्धशतकीय इनिङ खेले । जोसुवा डा सिल्भाले अविजित ३० तथा जेरिमे ब्लाकउडले २७ रन बनाए ।
इंग्ल्यान्डका ज्याक लिचले३ विकेट लिए । सकिब महमुदले २ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले पहिलो इनिङ्समा ५ सय ७ रन जोडेको थियो ।
वेस्ट इन्डिजले पहिलो इनिङ्समा ४ सय ११ रन जोडेको थियो ।
दोस्रो इनिङ्समा इंग्ल्यान्डले १ सय ८५ रन जोडेपछि वेस्ट इन्डिजले २ सय ८२ रनको लक्ष्य पाएको थियो ।