काठमाडौं । स्पेनिस ला लिगा फुटबलको एल क्लासिको भिडन्तमा बार्सिलोनाले रियल मड्रिडमाथि सानदार जित निकालेको छ ।
आइतबार राति भएको एल क्लासिकोमा बार्सिलोनाले रियललाई ४-० गोल अन्तरले हराएको हो ।
रियलको मैदानमा बार्सिलोनालाई जित दिलाउन पिएरे एमरिक अबमेयाङले दुई गोल गरे । रोनाल्ड अरुजो र फेरान टोरेसले एक एक गोल गरे ।
खेलको २९ औं मिनेटमा अबमेयाङले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए ।

३८ औं मिनेटमा रोनाल्डले गोल गर्दा बार्सिलोना २-० ले अघि रह्यो ।
खेलको ४७ औं मिनेटमा टोरेसले गोल गर्दै बार्सिलोनाको अग्रता तेब्बर बनाए ।
त्यसपछि खेलको ५१ औं मिनेटमा अबमेयाङले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ४-० को जित दिलाए ।

यस जितसँगै बार्सिलोनाले २८ खेलमा ५४ अंक जोडेको छ ।
बार्सिलोना चौंथो स्थानमा उक्लिएको छ ।
रियल ६६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।