काठमाडौं । म्यानचेस्टर सिटी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको क्वाटरफाइनलमा साउथह्याम्पटनलाई ४-१ गोल अन्तरले हराउँदै सिटी अन्तिम चारमा पुगेको हो ।
खेलको १२ औं मिनेटमा रहिम स्ट्रर्लिङले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए ।

पहिलो हाफको इन्जुरी समयमा एम्रिक लापोर्टेले आत्मघाती गोल गरेपछि खेल १-१ गोलको बराबरीमा पुग्यो ।
खेलको ६२ औं मिनेटमा केभिन डी ब्रुएनले पेनाल्टीमा गोल गर्दै सिटीलाई २-१ को अग्रता दिलाए ।
७५ औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई ३-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ७८ औं मिनेटमा रियाद महरेजले गोल गर्दै सिटीलाई ४-१ को जित दिलाए ।
