• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
ब्याटर चल्ने आशा  
खेलपाटी संवाददाता
आइतबार, चैत ६, २०७८ खेलपाटी संवाददाता
ब्याटर चल्ने आशा  

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि यूएईमा रहेका नेपाली ब्याटरले आफ्नो खेल कौशल देखाउन सकिरहेका छैनन् । सिरिजको दुई खेलमा नेपालका ब्याटर मैदानमा टिक्न सकेनन् ।

सिरिजको पहिलो खेल पपुवा न्युगिनी (पीएनजी) विरुद्ध नेपालले अन्तिम ओभरमा २ विकेटले जित निकालेको थियो । दोस्रो खेलमा सामान्य लक्ष्य पछ्याएको नेपाल खराब ब्याटिङको कारण ४८ रनले पराजित भयो ।

घरेलु टोली यूएईविरुद्ध १ सय ६९ रनको लक्ष्य पछ्याएको नेपाल ३५ ओभर १ बलमा अलआउट हुँदै १ सय २० रनमा समेटिएको थियो । २२ ओभर ५ बलमा ३ विकेट गुमाएर ८२ रन बनाएको नेपाल बलियो स्तिथिमा थियो तर अन्तिम ७ विकेट ३८ रनमा गुमाउँदा पराजित हुन पुगेको थियो । लजास्पद पराजय भोगेको नेपालका ३ खेलाडीले मात्र दोहोरो अंकको रन बनाएका थिए ।

May be an image of 3 people, people playing sport and text

प्राय खेल नेपालले ब्याटिङ भन्दा बलिङको प्रदर्शनको आधारमा जित्दै आएको छ । तर यसपटक नेपालले औषत ब्याटिङ समेत गर्न सकेको छैन । नेपाल आफ्नो स्तर भन्दा तल खसेर ब्याटिङ गर्दै छ । सामान्य लक्ष्य समेत पूरा गर्न नसक्नु त्यसैको परिणाम हो ।

युवा ओपनरदोय कुशल भुर्तेल र आशिफ शेखले नेपाललाई बलियो सुरुवात दिलाउन संघर्षरत छन् । यी दुई खेलाडी यूएईविरुद्ध १८ रनको साझेदारी गर्दा पीएनजीविरुद्ध १ रनको साझेदारी मात्र गरेका थिए ।

त्यस्तै सिरिजअघि लयमा देखिएका दिपेन्द्र सिंह ऐरी समेत यूएईको मैदानमा संघर्षरत छन् । उनले दुई खेलमा ब्याटिङ गर्दा जम्मा १२ रनको योगदान गरेका छन् । अनुभवी ज्ञानेन्द्र मल्लले पीएनजीविरुद्ध ४ रन जोड्दा यूएईविरुद्ध रोहित पौडेलसँग राम्रो साझेदारी गर्दै २८ रन बनाउँदा खेल जिताउन प्रयाप्त भएन ।

सिरिजमा नेपालको ब्याटिङ रोहितको ब्याटले थामेको छ । युवा खेलाडी रोहित पीएनजीविरुद्ध अर्धशतक बनाउँदा यूएईसँग अर्धशतक बनाउन ४ रनले पछि परे । लयमा रहेका रोहित एकदिवसीय अन्तराष्ट्रियमा नेपालको लागि सर्वाधिक रन बनाउने दोस्रो खेलाडीमा उक्लिए । यस्तै उनले आफ्नो अर्धशतकको संख्या ४  पुर्याएर ज्ञानेन्द्र मल्लसँग सर्वाधिक अर्धशतकको कीर्तिमान बराबरी गरेका छन् ।

आरिफ शेख समेत ब्याटिङ नेपाललाई राम्रो योगदान गरेका छन् । पहिलो खेलमा महत्वपूर्ण साझेदारी गरेका उनले दोस्रो खेलमा बसिल हमिदको उत्कृष्ट कट एण्ड बोल्डमा दुर्भाग्यवस खाता नखोल्दै आउट भए । बोनोद भण्डारी खराब फर्मबाट गुग्रिदै गर्दा यूएईविरुद्ध बेञ्चमा बसे ।

May be an image of 2 people, people playing sport and text

सोमपाल कामी उत्कृष्ट बलिङ गर्दै नेपाललाई ठुलो योगदान गर्दै छन् । २ खेलमा ७ विकेट लिँदै नेपाललाई सहज लक्ष्य निकाल्न उनले बलिङमा ठुलो भूमिका खेलेका छन् । तर अलराउण्डर सोमपालको समेत ब्याट नचल्दा नेपाल रनका लागि पछी परेको छ । करन केसीको उत्कृष्ट फिनिसमा नेपालले पीएनजीसंज जित निकाल्न सफल भएको थियो । तर दोस्रो खेलमा अन्य ब्याटर चलन नसक्दा पछिल्लो क्रममा उनले एक्लै केहि गर्न सकेनन् ।

ब्याटिङमा समेत पछिल्लो क्रममा आक्रमण गर्न सक्ने कलम सिंह ऐरीले धैरियता देखाउन नसक्दा दोस्रो खेलमा यूएई हाबी हुन पुग्यो ।

सन्दीप बलिङमा दबाब सृजना गर्न बाहेक ब्याटिङमा योगदान दिन सकेका छैनन् । सिरिजमा डेब्यु गरेका स्पिनर सागर ढकालबाट नेपालले रनको आसा त गरेको छैन तर उनले बलिङ स्पेल समेत पूरा गर्न पाएका छैनन् । उनले दुवै खेलमा ४/४ ओभर मात्र बलिङ गए ।

सोमबार नेपालले यूएईसँग दोस्रो खेल खेल्दै छ । एक महिनाअघि ओमानको मैदानमा लयमा देखिएको यूएई समेत घरेलु मैदानमा रन बनाउन संघर्षरत छ ।

नेपालसँग १ सय ६८ मा अल आउट भएको यूएई पीएनजीविरुद्ध १ सय ४७ मा समेटिएको थियो ।

सिरिजमा ३ खेल सकिंदा नेपाल र पीएनजीले समान १/१ खेलमा जित निकाल्दा यूएई २ खेलमा विजयी भएको छ । सिरिजको आफ्नो अन्तिम खेलमा यूएईले नेपालविरुद्ध खेल्दै छ । मंगलबार नेपालले पीएनजीसँग खेल्दै यूएई भ्रमण टुंगाउने छ ।

१५ खेलमा १४ खेलमा हार ब्यहोरेको पीएनजी तालिकाको पुछारमा छ । उसले १ खेल जित्दै २ अंकमात्र जोडेको छ ।

यूएई १७ खेलमा ९ जित निकाल्दै २० अंकका साथ तालिकाको दोस्रो स्थानमा छ ।

लिगमा कम खेल खेलेको नेपाल १० खेलमा ५ जित निकाल्दै १० अंकका साथ छैठौं स्थानमा छ ।

लिग टुमा ७ राष्ट्र रहेका छन् । हरेक राष्ट्रले तीन टिममा सिरिज खेल्दै अन्तिममा शीर्ष तीनमा रहने राष्ट्र सन् २०२३ को आईसीसी विश्वकपको ग्लोबल क्वालिफायरमा पुग्ने छन् ।   

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
उपाधि रक्षातिर नेपाल
उपाधि रक्षातिर नेपाल
मलेसियासँग नेपालले टस जित्यो
मलेसियासँग नेपालले टस जित्यो
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
संयमित छ उज्बेकिस्तान !
संयमित छ उज्बेकिस्तान !
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
अब विश्वकपमा युरोपका ३ र ब्राजिलको १ क्लब
अब विश्वकपमा युरोपका ३ र ब्राजिलको १ क्लब
नेपाल र उज्बेकिस्तानबीचको खेल बराबरी भए के हुन्छ?
नेपाल र उज्बेकिस्तानबीचको खेल बराबरी भए के हुन्छ?
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP