काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ ।
आइतबार भएको खेलमा पीएसजी मोनाकोसँग ३-० गोल अन्तरले पराजित भएको हो ।
घरेलु मैदानमा विसम बेन एडरले २५ औं मिनेटमा गोल गर्दै मोनाकोलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ६८ औं मिनेटमा केभिन भोलान्डले गोल गर्दै मोनाकोलाई २-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ८४ औं मिनेटमा विसमले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै मोनाकोलाई ३-० को जित दिलाए ।
जितसँगै मोनाकोले ४४ अंक जोडेको छ । मोनाको सातौं स्थानमा रहेको छ ।
पीएसजी ६५ अंक जोडेर शीर्ष स्थानमा यथावत रहेको छ ।