• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
पुनरागमनको आत्मविश्वास
विश्वास थापा
आइतबार, चैत ६, २०७८ विश्वास थापा
पुनरागमनको आत्मविश्वास
ललित नारायण राजवंशी । तस्बिर : निशान्त श्रेष्ठ/खेलपाटी

काठमाडौं । अधिकांश समय मैदानमा देखिने क्रिकेटर ललित नारायण राजवंशीको पछिल्लो दैनिकी अस्पतालको रिहाबमा बित्ने गर्छ । घुँडामा चोट बोकेपछि विगत दुई महिनादेखि उनी अस्पतालको रिहाबमा आफुलाई समर्पित गरेका छन् ।

मंसिरको अन्तिम साता ललित आफ्नो नियमित अभ्यासमा व्यस्त थिए । उनी नेपाल पुलिस क्लबको मैदानमा अभ्यास गर्दै थिए । दौडने क्रममा घाँसे मैदानमा उनको खुट्टा थोरै चिप्लियो र सानो आवाज आयो । ललितलाई असह्य पीडा भयो, उनी थुचुक्कै बसे । उनको खुट्टा सुन्निएर आयो । एकछिन घुँडा समातेर आराम गरे, बरफले सेके । केही बेरमा उनी हिंड्न सक्ने भए, त्यत्तिकैमा कोठा फर्किए ।

खेलाडीलाई खेल्ने क्रममा सामान्य चोट लागिरहन्छ । उनले पनि सामान्य नै सोचे । दुई तीन दिन आराम गरेपछि दुखाई कम हुँदै थियो । उनी फेरी मैदानमा बलिङ गर्न तम्सिए । तर उनलाई यस पटक दुखाई सुरु भयो । अब उनलाई लाग्यो, चोट सामान्य होइन । ललित सातदोबाटोस्थित अर्थोप्लास्टमा गए । उनलाई एमआरआई गरेर हेर्न सुझाब दिईयो।

एमआरआई गराउँदा डाक्टरले एसीएल पुरै च्यातिएको, मिडल मिस्कस पनि थोरै चिरिएको बताए । शल्यक्रिया  नै गर्नुपर्ने सुझाए । डाक्टरले अपरेसननै गर्नुपर्छ भन्दा सुरुमा उनलाई डर लाग्यो । कहिल्यै अपरेसन नगरेको कारण उनलाई सुरुमा एकदम डर लागेको थियो । खेल जीवनमा ठुलो असर गर्छ कि भन्ने उनी चिन्तित थिए । तर फिजियो, डाक्टर लगायतले बिस्तारमा सम्झाएपछि उनी शल्यक्रियाका लागि तयार भए । अपरेसन अघिको रिहाबले सहज हुने फिजियोले सुझाव दिएका थिए । करिब दुई हप्ता प्रि–रिहाब गरेपछि उनी अपरेसन थिएटरमा पसे ।

No description available.

अपरेसनको लागि ललितलाई खर्चको छुट्टै ‘पिर’ थियो । पुलिस टिमदेखि राष्ट्रिय टिमका खेलाडीले केही परे आफुहरुले सहयोग गर्ने भरोसा दिए । सबैले भने जस्तै सहयोग पनि गरे । नेपाल क्रिकेट संघ (क्यान) तथा क्रिकेट खेलाडी संघ (सीप्यान) ले नगद सहयोगनै गर्यो । दुई हप्तामै ललितलाई खर्चको जोहो भयो । नेपालमा खेलाडीहरु चोट बोकेपछि बिरलै मैदानमा फर्कन सफल छन् । नेपाली क्रिकेटमा यस्ता थुप्रै खेलाडी छन्, जो चोटका कारण खेलमा पुनरागमन गर्न सकेनन् । उमेर समुहदेखि नै राष्ट्रिय टोलीको ठुलो सम्भावना देखाएका पृथु बास्कोटा चोटका कारण पुरानो लयमा कहिल्यै देखिएनन् । अविनास कर्ण समेत चोटका कारण क्रिकेटबाट टाढा भैसकेका छन् । सागर पुन क्रिकेटमा देखा नपरेको वर्षौं हुन लागिसक्यो ।

ललितलाई पनि डर त छ, तर मैदान फर्कने उत्तिकै आत्मविश्वास पनि । प्रर्याप्त समय लिएरमात्र क्रिकेटमा फर्किने सोच उनले बनाएका छन् । कमब्याकमात्र हैन, अझ आफुलाई निखारेर क्रिकेटमा स्थापित हुने सोचमा छन् । मोटरसाइकल दुर्घटनामा परेर करियरनै संकटमा परेका बसन्त रेग्मीको कमब्याक ललितले देखेका छन् । फास्ट बलरबाट बायाँहाते स्पिनरको रुपमा एसोसियट राष्ट्रमा छुट्टै पहिचान स्थापित गरेका बसन्तलाई ललितले हस्पतालको बेडबाट खुबै मिस गरिरहेका छन् । चोटलाई जितेर भर्खरै जितेन्द्र मुखिया ८ वर्षपछि राष्ट्रय टोलीमा कमब्याक गर्न सफल भए । ललितलाई यिनै अनुहारले हिजो–आज प्रेरित गरिरहेको छ ।

‘मलाई लागेको छैन, फर्किएर खेल्न गाह्रो हुन्छ । फिजियो र डाक्टरको अनुसार सत प्रतिशत दिएर प्रतिबद्ध भएर रिहाब गरियो भने मेरो खुट्टामा चोट थियो भन्नेनै महसुस हुँदैन भन्ने छ, राम्रोसँग खेल्न सक्छु जस्तो लाग्छ । आफ्नो सुधार देखेर म खुसी छु र राम्रो लाग्दैछ ।’ ललित भन्छन् ।

नेपाल यो समय अन्तराष्ट्रिय क्रिकेटमा निकै व्यस्त छ । यस्तो व्यस्त समयमा ललित मैदान बाहिर छन् । त्यसको दुख उनलाई छ । तर उनले क्रिकेट भन्दा चोट निको बनाउन आफुलाई केन्द्रित गरेका छन् । ‘अहिले बाहिर धेरै टुर्नामेन्ट र लिगहरु भैरहेको छ, त्यो देखेर भित्रैदेखि मिस हुन्छ । अर्कै महसुस भइरहेको छ ।’ ललितले भने, ‘तर म अहिले खेलमा भन्दा मेरो चोटमा ध्यान दिइरहेको छु ।’

 

खेल्न नपाएको पीडा अहिले ललित बी एण्ड बी हस्पिटलका डाक्टर र फिजियोसँग भुलाउँदै छन् । उनी दिनको ४ देखि ५ घण्टा अस्पतालमा बिताउँछन् । दिउँसोदेखि साँझसम्मको समय अस्पतालको रिहाब कक्षमै बित्छ । 

अलि अघिसम्म ललित आफै हस्पिटल आउन सक्दैन थिए । साथी भाईले अस्पताल पुर्याउथे । तर अहिले आफै हिड्न सक्ने भएका छन् । हिडेरै रिहाब गर्न आइपुग्छन् । अस्पताल छिर्ने बित्तिकै बिलिङ काउन्टर पस्छन्, रिहाबको पैसा तिरेर रिहाबिलिटेसन कक्षमा लम्किन्छन् । करिब चार घण्टा भन्दा लामो समय रिहाब गर्छन् । हिड्दै कोठातिर लाग्छन् । विगत दुई महिनादेखि ललितको यही दिनचर्या बनेको छ । अपरेसन गरेर रिहाब गरेको दुई महिना बित्दा अहिले ललितमा पुरानो अवस्थामा फर्किन थालेको महसुस गरेका छन् ।

‘दुई महिना पार गरिसके । अहिले सुधार भएको महसुस भएको छ । अबको केहि हप्तामा तीन महिना पुग्छ, त्यो समयमा दौड्न सुरु गर्ने लक्ष्य छ ।’ ललितले भने ।

मैदान कहिले फर्कने भन्ने प्रश्नमा ललित भन्छन्, ‘हतार नगरौं, एक दुई वर्ष क्रिकेट खेल्ने हैन, लामो समय क्रिकेट खेल्नु छ । त्यसैले समय लिन आग्रह गर्नु भएको छ । उहाँहरुले नौं महिनाको समय भन्नु भएको छ । तर महत्वपुर्ण प्रतियोगिता आएमा ८ महिनामा क्याम्पमा खेल्न सक्ने हुने तयारी गर्दैछु ।’

पछिल्लो समय राष्ट्रिय टिमबाट बाहिर रहँदै आएका ललित चोट मुक्त हुँदै राम्रो प्रदर्शन गर्दै राष्ट्रिय जर्सीमा कमब्याक गर्न आतुर छन् । ‘कतिखेर ब्याक टु फिल्ड गएर राम्रो प्रदर्शन गरेर टिममा कमब्याक गरेर राष्ट्रिय टिमको जर्सी लगाउन पाउँछु भन्ने छ ।’ उनी भन्छन् ।

नेपाल क्रिकेट संघ (क्यान) को आफ्नै रिहाबिलिटेसन नहुँदा खेलाडीहरु बाहिर गएर रिहाब गर्न बाध्य छन् । ललित अहिले जाने गरेको रिहाब कक्ष निकै सानो छ । सामान्यतया काठमाडौँमा पाइने सानो कोठामा एकै साथ १० जनासम्म ललितले रिहाब गर्दै छन् । सायद क्यानको आफ्नै रिहाब सेन्टर भएको भए ललित लगायत चोटबाट फर्कदै गरेका अन्य खेलाडीलाई यो बाध्यता हुदैन थ्यो होला ।

ललितले सानो रिहाबमा आफुलाई एडजस्ट गर्न सिकेका छन् । उनले आफुलाई फिट बनाउन कुनै कसर छाडेका छैनन् । सामन्यतया ३० मिनेटमा रिहाब गरेर फर्किंदा समेत भिड देखिएको रिहाबमा ललित कम्तिमा ४ घण्टा आफुलाई फिजियोको निगरानीमा चलायमान राख्छन् ।

No description available.

‘सानो ठाउँ भन्दा पनि तपाईले कसरी एडजस्ट गर्नु हुन्छ भन्ने हो । सानो ठाउँलाई तपाईले कसरी सदुपयोग गर्नु हुन्छ भन्ने महत्वपूर्ण कुरा हो । सानो ठाउँ भनेर म यहाँ गर्दिन भन्न मिलेन, तपाईको खुट्टा ठुलो कुरा हो । म यहाँ सधैं म्यानेज गरेर गर्छु ।’ ललितले भने, ‘भिड हुने दिन बरु एक घण्टा चाँडै आउँछु । सानो ठाउँले मलाई कहिल्यै असहज महसुस भएन । फिजियोहरु सबै हाँसी मजाक गर्नु हुन्छ रमाइलो हुनुहुन्छ ।’

‘क्यानमा रिहाब भएको भए धेरैनै सहज हुन्थ्यो । खेल र खेलाडी भएपछि चोट त लाग्छ नै । अहिले क्यानमा रिहाब नभएपछि केहि सोच्ने कुरा भएन तर मलाई लाग्छ अब क्यानले रिहाब बनाउनु हुन्छ होला । त्यसो भए धेरै सजिलो हुन्छ ।’ उनी भन्छन् ।

चोटबाट खेलमा पुनरागमन गर्न खेलाडीमा आत्माविश्वास जरुरी हुने ललितको बुझाई छ । ‘आफुमा कत्तिको प्रतिबद्ध रहिन्छ, त्यो महत्वपूर्ण हुन्छ । हुन त सबैलाई मन हुन्छ कि आफु कमब्याक गर्न सक्छु,  तर तपाई आफु कसरी रिहाब गर्दै हुनुहुन्छ र डाक्टरले भनेको कुरा फलो गर्नु भएको छ कि छैन, आफ्नो शरीरले कत्तिको सहयोग गरेको छ, त्यो सबै महवपूर्ण हुन्छ ।’

डाक्टर र फिजियोले अन्य खेलाडी थुप्रैलाई नर्मल बनाएर खेलमा फर्काएको कुरा सुन्दा उनी आफुपनि खेलमा फर्कनेमा निर्धक्क छन् ।

‘थुप्रै खेलाडीहरु खेलमा फर्काएको डाक्टर र फिजियोको कुराले गर्दा म मोटिभेट हुन्छु र आफु खेलमा फर्किन्छु भन्ने पूर्णरुपमा विश्वस्त छु ।’ ललित थप्छन्, ‘अहिले मैले खेलको बारेमा सोचेर केहि हुनेवाला छैन । किनकी म खेल्न सक्दिन । अहिले मेरो महत्वको कुरा मेरो घुँडा हो, त्यसैलाई फोकस गर्दै छु ।’

‘म सय प्रतिशत ढुक्क छु, म मैदान फर्किन सक्छु । मेरो पहिलेको प्रदर्शन भन्दा अझै राम्रो गर्छु भन्ने लागेको छ । अहिलेको मेहनत, आफ्नो सोच देखेर फिजियोको हौसलाले अझै खेलमा राम्रो भएर फर्किन्छु भन्ने लागेको छ ।’ उनी थप्छन् ।

सन् २०१८ मा जिम्बाबेमा भएको विश्वकप छनोट खेलमा पहिलो पटक ललितलाई राष्ट्रिय टोलीमा समावेश गरिएको थियो । ऐतिहासिक विश्वकप छनोट खेल्ने टिममा अटाएका ललितले जिम्बाबेविरुद्धको खेलमा डेब्युको अवसर पाएका थिए । सो खेलमा ललितले इर्भिनको विकेट लिएका थिए । इर्भिन उनै हुन्, जसले भारतविरुद्व शतक प्रहार गरेका थिए ।

त्यसयता उनले २ वर्ष रष्ट्रिय टोलीमा नियमित खेल्दै आएका थिए । चार एकदिवसीय अन्तराष्ट्रिय खेल खेलका ललितले १ इनिङमा मात्र बलिङ गर्न पाएका थिए । टी-ट्वान्टी अन्तराष्ट्रियमा १२ खेल खेल्दा ललितले १० विकेट लिन सफल छन् । सन् २०२० को आईसीसी विश्वकप लिग टु अन्तर्गतको घरेलु एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा अमेरिकाविरुद्ध खेले यता उनी राष्ट्रिय टोलीबाट बाहिर रहँदै आएका छन् ।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
उपाधि रक्षातिर नेपाल
उपाधि रक्षातिर नेपाल
मलेसियासँग नेपालले टस जित्यो
मलेसियासँग नेपालले टस जित्यो
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
संयमित छ उज्बेकिस्तान !
संयमित छ उज्बेकिस्तान !
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
अब विश्वकपमा युरोपका ३ र ब्राजिलको १ क्लब
अब विश्वकपमा युरोपका ३ र ब्राजिलको १ क्लब
नेपाल र उज्बेकिस्तानबीचको खेल बराबरी भए के हुन्छ?
नेपाल र उज्बेकिस्तानबीचको खेल बराबरी भए के हुन्छ?
सिकेर फर्किने कि जितेर?
सिकेर फर्किने कि जितेर?
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP