काठमाडौं । च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल ड्र सार्वजनिक भएको छ ।
यूईएफएले शुक्रबार सार्वजनिक गरेको ड्र अनुसार साविक विजेता चेल्सीले रियल मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ ।
यस्तै म्यानचेस्टर सिटीले एट्लेटिको मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ ।
लिभरपुलले बेन्फिकासँग प्रतिस्पर्धा गर्दा बायर्न म्युनिखले भिल्ला रियलसँग खेल्नेछ ।
क्वाटरफाइनलको पहिलो लेग ५ र ६ अप्रिलमा हुनेछ ।
दोस्रो लेगमा अप्रिल १२ र १३ मा हुनेछ ।