काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबल प्रतियोगितामा टुसाल युथ क्लब र मध्यपुर युथ एसोसियसनले बराबरी खेल्दै अंक बाडेका छन् ।
एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा टुसाल र मध्यपुरले गोलरहित बराबरी खेलका हुन् ।
प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै टोलीले पाएको मौकामा गोल गर्न सकेनन् ।
यस बराबरीसँगै टुसालले ६ खेलमा ७ अंक जोडेको छ ।
मध्यपुरले ६ खेलमा ४ अंक जोडेको छ ।
लिगमा १४ क्लबले सिंगल राउण्ड रोबिन लिगको आधारमा प्रतिस्पर्धा गरिरहेका छन् ।
शीर्ष दुई टोली 'ए' लिगमा बढुवा हुने छन् । यस्तै पुछारका दुई टोली रेलिगेसनमा पर्ने छन् ।