काठमाडौं । एथेल पार्टनर्सले प्रिमियर लिग क्लब चेल्सी किन्नका लागि बोलपत्र पेश गरेको छ ।
प्रिमियर लिग क्लब किन्नका लागि रिकार्डो सिल्भाको नेतृत्वमा रहेको लगानी ग्रुप एथेलले बोलपत्र पेश गरेको हो ।
चेल्सीका लागि एथेलले २ विलियन पाउण्डको प्रस्ताव गरेको बताईएको छ ।
यस्तै एथेलले क्लबको वित्तीय समस्याहरू कम गर्न र स्ट्यामफोर्ड ब्रिजको पुननिर्माणका लागि ५० मिलियन पाउण्ड तत्काल उपलब्ध गराउने प्रस्ताव गरेको बताईएको छ ।
चेल्सीका मालिक तथा रसियन अर्वपति रोमन अब्रामोविचले तीन साता अघि क्लब बेच्ने घोषणा गरेका थिए ।
लण्डन क्लबका मालिक रोमनले क्लबको हितलाई ध्यानमा राखेर चेल्सी बेच्ने निर्णय गरेको बताएका थिए।
रोमनले २००४ मा चेल्सी किनेका थिए । तर, हालै उनीमाथि बेलायतमा बस्न प्रतिबन्ध लागेको छ ।
उनी ईन्भेष्टर भिसामा बेलायत बस्दै आएका थिए । उनको भिषा अवधि सकिएको छ ।