काठमाडौं । इंग्ल्यान्डले दुई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टिमको घोषणा गरेको छ ।
इंग्ल्यान्डले स्वीजरल्याण्ड र आइभरी कोस्टविरुद्धको मैत्रीपूर्ण खेलका लागि टोलीको घोषणा गरेको हो ।
इंग्ल्यान्डले घोषणा गरेको टिममा फरवार्ड मार्कुस राषफोर्ड र जाडोन सान्चो अटाएका छैनन् । डिफेन्डर केली वाल्कर पनि टोलीमा छैनन् ।
डिफेन्डर मार्क गुइही पहिलो पटक इंग्ल्यान्डको टोलीमा परेका छन् ।
इंग्ल्यान्डले मार्च २६ मा स्वीजरल्याण्ड र मार्च २९ मा आइभरी कोस्टसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।
