काठमाडौं । इंग्लिस क्लब लेस्टर सिटी युरोपा कन्फरेन्स लिगको अन्तिम आठमा प्रवेश गरेको छ ।
बिहीबार राति अन्तिम १६ को दोस्रो लेगमा रेनससँग २-१ ले पराजित भएपनि लेस्टर समग्रमा ३-२ को जितसहित क्वाटरफाइनलमा पुगेको हो ।
पहिलो लेगमा निकालेको २-० को जितको कारण लेस्टर अन्तिम आठमा पुगेको हो ।
खेलको आठौं मिनेटमा बेन्जामिनले गोल गर्दै रेनसलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ५१ औं मिनेटमा वेस्ले फोफानाले गोल गर्दै लेस्टरलाई १-१ गोलको बराबरीमा ल्याए । चोटबाट मुक्त हुँदै ७ महिनापछि मैदान फर्किएका उनले हेडरमार्फत गोल गरेका हुन् ।
त्यसपछि खेलको ७५ औं मिनेटमा फ्लाभिन टइटले गोल गर्दै रेनसलाई २-१ को जित दिलाए ।
जितको बाबजुत रेनस अघिल्लो चरणमा भने पुग्न सकेन ।