काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले न्युकासल युनाईटेडलाई हराएको छ ।
बिहीबार राति भएको खेलमा एभर्टनले न्युकासललाई १-० गोल अन्तरले हराएको हो ।
एभर्टनको जितमा एलेक्स इओबीले निर्णायक गोल गरे ।
एलेक्सले खेलको इन्जुरी समयमा गोल गरेका थिए ।

यस्तै खेलको ८३ औं मिनेटमा एलनले रातो कार्ड पाएपछि एभर्टन १० खेलाडीमा समेटिएको थियो ।
यस जितसँगै एभर्टनले २७ खेलमा २५ अंक जोडेको छ ।
एभर्टन १७ औं स्थानमा रहेको छ ।
न्युकासल ३१ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।