काठमाडौं । स्पेनिस क्लब बार्सिलोना युरोपा लिग फुटबलको अन्तिम आठमा प्रवेश गरेको छ ।
अन्तिम १६ को दोस्रो लेगमा बिहीबार राति गालातासारेलाई २-१ गोल अन्तरले हराउँदै समग्रमा २-१ को जितसहित बार्सिलोना अन्तिम आठमा पुगेको हो ।
पहिलो लेगमा बार्सिलोनाले गालातासारेसँग गोलरहित बराबरी खेलेको थियो ।
दोस्रो लेगमा बार्सिलोनालाई जित दिलाउन पेड्री र पिएरे एमरिक अबमेयाङले एक एक गोल गरे ।

खेलमा सुरुआती अग्रता भने गालातासारेले बनाएको थियो । २८ औं मिनेटमा मार्कोस डोले गोल गर्दै टोलीलाई १-० को अग्रता दिलाए ।
तर, ३७ औं मिनेटमा पेड्रीले गोल गर्दै बार्सिलोनालाई १-१ गोलको बराबरीमा फर्काए ।
त्यसपछि खेलको ४९ औं मिनेटमा अबमेयाङले गोल गर्दै बार्सिलोनालाई २-१ को जित दिलाए । बार्सिलोनाका लागि यो उनको सातौं गोल हो ।