काठमाडौं । नेपाली राष्ट्रिय टिमका सदस्य रोहित चन्द सम्मिलित पर्सिजा जकार्ता ईन्डोनेसियाको लिग वान फुटबलमा पराजित भएको छ ।
बिहीबार राति भएको खेलमा पर्सिजा मादुरा युनाईटेडसँग ३-१ गोल अन्तरले पराजित भएको हो ।
खेलको १८ औं मिनेटमा रनन डा सिल्भाले गोल गर्दै मादुरालाई अग्रता दिलाएका थिए ।
खेलको ३३ औं मिनेटमा पर्सिजाका रोहितले आत्मघाती गोल गरेपछि मादुराले २-० को अग्रता बनायो ।
३७ औं मिनेटमा बायु गात्राले गोल गर्दै मादुरालाई ३-० को जित अग्रता दिलाए ।
त्यसपछि खेलको ६४ औं मिनेटमा ताउफिक हिडायातले एक गोल फर्काएपनि पर्सिजा ३-१ ले पराजित भयो ।
यस हारसँगै पर्सिजा ४१ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
मादुरा ३८ अंक जोडेर नवौं स्थानमा रहेको छ ।