काठमाडौं । इटालियन क्लब युभेन्ट्स च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाट बाहिरिएको छ ।
बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा स्पेनिस क्लब भिल्ला रियलसँग ३-० ले पराजित हुँदै युभेन्ट्स समग्रमा ४-१ ले पछि पर्दै बाहिरिएको हो ।
पहिलो लेगमा दुबै टोलीले १-१ गोलको बराबरी खेलेका थिए । तर, दोस्रो लेगमा भिल्लाले सहजै जित निकाल्यो ।
खेलको ७८ औं मिनेटमा जेरार्ड मोरेनोले पेनाल्टीमा गोल गर्दै भिल्लालाई सुरुआती अग्रता दिलाएका थिए ।
८५ औं मिनेटमा पाउ टोरेसले गोल गर्दै भिल्लालाई २-० को अग्रता दिलाए ।

त्यसपछि खेलको इन्जुरी समयमा अर्नाउट डान्जुमाले गोल गर्दै भिल्लालाई ३-० को सहज जित दिलाए ।
युभेन्ट्स लगातार तेस्रो सिजन च्याम्पियन्स लिगको अन्तिम १६ बाट बाहिरिएको हो ।
भिल्ला भने २००८/९ को सिजनपछि पहिलो पटक क्वाटरफाइनलमा पुगेको हो ।