काठमाडौं । इंग्लिस क्लब तथा साविक विजेता चेल्सी च्याम्पियन्स लिग फुटबलको अन्तिम आठमा प्रवेश गरेको छ ।
बुधबार राति अन्तिम १६ को दोस्रो लेगमा लिललाई २-१ गोल अन्तरले हराउँदै चेल्सीले समग्रमा ४-१ को जित निकाल्दै अन्तिम आठको यात्रा तय गरेको हो ।
खेलमा सुरुआती अग्रता भने घरेलु टोली लिलले बनाएको थियो ।
खेलको ३८ औं मिनेटमा बुराक यिलमाजले पेनाल्टीमा गोल गर्दै लिललाई अग्रता दिलाएका थिए ।

पहिलो हाफको इन्जुरी समयमा क्रिस्टियन पुलिसिचले गोल गर्दै चेल्सीलाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ७१ औं मिनेटमास सिजर एजप्लिक्वेटाले गोल गर्दै चेल्सीलाई २-१ को जित दिलाए ।
यस अघि पहिलो लेगमा चेल्सीले २-० को जित निकालेको थियो ।