काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबल प्रतियोगितामा खुमलटार युथ क्लबले जित निकालेको छ ।
एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा खुमलटारले झम्सिखेल युथ क्लबलाई २-० गोल अन्तरले हराएको हो ।
खेलको सातौं मिनेटमा कप्तान सबिन केसीले गोल गर्दै खुमलटारलाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ५६ औं मिनेटमा आशिष श्रेष्ठले गोल गर्दै खुमलटारलाई २-० को जित दिलाए ।
यस जितसँगै खुमलटारले ५ खेलमा ९ अंक जोडेको छ ।
झम्सिखेलले ५ खेलमा ६ अंक जोडेको छ ।
लिगमा १४ क्लबले सिंगल राउण्ड रोबिन लिगको आधारमा प्रतिस्पर्धा गरिरहेका छन् ।
शीर्ष दुई टोली 'ए' लिगमा बढुवा हुने छन् । यस्तै पुछारका दुई टोली रेलिगेसनमा पर्ने छन् ।