काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबल प्रतियोगितामा विरगंज युनाईटेड र चर्च ब्वाइज क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।
एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा विरगंज र चर्च ब्वाइजले १-१ गोलको बराबरी खेलेका छन्।
खेलको ७७ औं मिनेटमा योगेश गुरुङले गोल गर्दै चर्चलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ८५ औं मिनेटमा अनिश चौधरीले गोल गर्दै विरगंजलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।
यस बराबरीसँगै विरगंजले ५ खेलमा ६ अंक जोडेको छ ।
चर्चले ५ खेलमा ११ अंक जोडेको छ ।
लिगमा १४ क्लबले सिंगल राउण्ड रोबिन लिगको आधारमा प्रतिस्पर्धा गरिरहेका छन् ।
शीर्ष दुई टोली 'ए' लिगमा बढुवा हुने छन् । यस्तै पुछारका दुई टोली रेलिगेसनमा पर्ने छन् ।