काठमाडौं । साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलको उद्घाटन खेलमा अहिले नेपाल र भारतबीच प्रतिस्पर्धा भईरहेको छ ।
भारतको जमसेदपुरमा जारी खेलको पहिलो हाफ सकिदा भारतले नेपालविरुद्ध ३-० गोलको अग्रता बनाएको छ ।
खेलको १४ औं मिनेटमा सुजेश पोट्टेकाटले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाईन ।
खेलको १७ औं मिनेटमा लिन्डा कोम सेर्टोले गोल गर्दै भारतलाई २-० को अग्रता दिलाईन ।
खेलको ३४ औं मिनेटमा कोमले व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमा भारतलाई ३-० को अग्रता दिलाएकी छिन् ।
नेपाल आज भारतलाई हराउँदै प्रतियोगितामा सुखद सुरुआत गर्न चाहन्छ ।
भारत पनि नेपाललाई हराएर सुखद सुरुआत गर्न चाहन्छ ।
डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको छ ।
यस्तै नेपालले दोस्रो खेलमा मार्च १७ मा बंगलादेशको सामना गर्नेछ ।
मार्च २१ मा फेरि भारतसँग खेल्दा नेपालले मार्च २३ मा बंगलादेशसँग खेल्नेछ ।
शीर्ष टोलीले उपाधि जित्नेछ ।