बाँसबारी र श्री कुमारीको बराबरी
मंगलबार, ०१ चैत्र २०७८खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबल प्रतियोगितामा बाँसबारी क्लब र श्री कुमारी क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।
एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा बाँसबारी र श्री कुमारीले १-१ गोलको बराबरी खेलेका छन्।
खेलको पहिलो मिनेटमा प्रदिप बोगटीले गोल गर्दै बाँसबारीलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको इन्जुरी समयमा ओम प्रकाश सिंहले गोल गर्दै श्री कुमारीलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।
यस बराबरीसँगै बाँसबारीले ५ खेलमा ५ अंक जोडेको छ ।
श्री कुमारीले ५ खेलमा ५ अंक जोडेको छ ।
लिगमा १४ क्लबले सिंगल राउण्ड रोबिन लिगको आधारमा प्रतिस्पर्धा गरिरहेका छन् ।
शीर्ष दुई टोली 'ए' लिगमा बढुवा हुने छन् । यस्तै पुछारका दुई टोली रेलिगेसनमा पर्ने छन् ।
बाँसबारी र श्री कुमारीको बराबरी













