डेनमार्कको टिममा एरिक्सनको पुनरागमन

काठमाडौं । डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सनले राष्ट्रिय टिममा पुनरागमन गरेका छन् ।
डेनमार्कले नेदरल्यान्ड्स र सर्बियाविरुद्धको मैत्रीपूर्ण खेलका लागि घोषणा गरेको टिममा एरिक्सन परेका छन् ।
डेनमार्कले मार्च २६ मा नेदरल्यान्ड्स र २९ मार्चमा सर्बियासँग खेल्ने तालिका रहेको छ ।
गत युरोकप फुटबलपछि उनी पहिलो पटक डेनमार्कको टोलीमा परेका हुन् ।
युरोकपमा फिनल्याण्डविरुद्धको खेल दौरान हृदयघात भएर एरिक्सन मैदानमा ढलेका थिए ।
मैदानमा ढलेपछि २९ वर्षीय मिडफिल्डरलाई तत्काल मैदानमै सीपीआर दिईएको थियो । जसको कारण उनको ज्यान बचेको थियो ।
त्यसपछि उनको शरीरमा मुटुको गति नियन्त्रण गर्ने स्वचालित यन्त्र इम्प्लान्टेबल कार्डियोभर्टर डेफिब्रिलेटर (आइसिडी) जडान गरिएको थियो ।
एरिक्सन पछिल्लो समय प्रिमियर लिग क्लब ब्रेन्टफोर्डबाट खेलिरहेका छन् ।
एरिक्सनलाई ब्रेन्टफोर्डले यस सिजनको अन्तिमसम्मका लागि अनुबन्ध गरेको हो ।













