झापा एफसीको बिमा पार्टनरमा नेको
1647342510.jpg&w=3840&q=75)
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को नयाँ टिम झापा एफसीले नेको इन्स्योरेन्ससँग बिमा पार्टनरको रुपमा सम्झौता गरेको छ ।
झापाले सोमबार नेकोसँग सम्झौता गरेको हो ।
झापाका तर्फबाट उपाध्यक्ष यम बस्नेत तथा नेको इन्स्योरेन्सका सिइओ अशोक कुमार खड्काले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सम्झौता अनुसार सुपर लिगमा झापामा आवद्ध रहेका खेलाडीहरुको १० लाख रुपैयाँसम्मको स्वास्थ्य बिमा हुने पक्का भएको छ ।
‘नेको इन्स्योरेन्सलाई बिमा पार्टनरका रुपमा पाउँदा हामी खुशी छौं । यो सहकार्यका लागि हामी नेको इन्स्योरेन्सलाई धन्यवाद समेत दिन चाहन्छौं,’ क्लबका उपाध्यक्ष बस्नेतले भने ।
‘झापा एफसीको फुटबल र खेलाडीप्रतिको भिजनबाट हामी प्रभावित भयौं । त्यसैले पनि यो सहकार्य गर्न हामीले अबेर गरेनौं । सुपर लिगमा क्लबसँगको हाम्रो सहकार्य अटुट रहनेछ,’ नेको इन्स्योरेन्सका सिइओ अशोक कुमार खड्काले बताए ।
एनएसएल चैत २६ गतेदेखि सुरु हुने भएको छ । एनएसएलमा १० टोलीहरुले सहभागिता जनाउँदै छन् ।













