काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन फुटबल लिग अन्तर्गत रानी पोखरी कर्नर टिम (आरसीटी) ले दोस्रो जित दर्ता गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्पलेक्समा मंगलबार भएको खेलमा आरसीटीले श्री भगवती क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै ५ खेलमध्ये दोस्रो जित हात पारेको हो ।
आरसीटीका लागि प्रज्वल गुरुङले दुई तथा साहिल केसीले एक गोल गरे ।
प्रज्वलले खेलको २६ औं मिनेटमा गोल गर्दै आरसीटीलाई अग्रता दिलाए ।
साहिलले ४० औं मिनेटमा गोल गर्दै आरसीटीको अग्रता दोब्बर बनाए ।
दोस्रो हाफको इन्जुरी समयमा व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दै प्रज्वलले आरसीटीको जित सुनिश्चत गरे ।
जितसँगै आरसीटी ८ अंकसहित चौथों स्थानमा उक्लिएको छ । आरसीटीले दुई खेलमा बराबरी खेल्दा एक खेलमा पराजय भोगेको छ ।
श्री भगवतीले पहिलो पराजय भोगेपछि शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ ।
श्री भगवतीले ५ खेलमध्ये चारमा जित, एक खेलमा बराबरी तथा एक खेलमा पराजय भोगेको छ ।
श्री भगवती १० अंकसहित तेस्रो स्थानमा रहेको छ ।