काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ ।
सोमबार राति भएको खेलमा सिटीले क्रिस्टल प्यालेससँग गोलरहित बराबरीमा खेलेको हो ।
क्रिस्टल प्यालेसको मैदानमा भएको खेलमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् । जसको कारण खेल गोल विहीन सकिएको हो ।

यस बराबरीसँगै सिटीले २९ खेलमा ७० अंक जोडेको छ ।
सिटी शीर्ष स्थानमा यथावत रहेको छ ।
क्रिस्टल प्यालेस ३४ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।