काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबल प्रतियोगितामा सामाजिक युथ क्लबले पहिलो जित निकालेको छ ।
एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा ब्वाइज युनियनलाई ३-१ गोल अन्तरले हराउँदै सामाजिकले पहिलो जित निकालेको हो।
सामाजिकको जितमा सुरेश खत्रीले दुई गोल गरे । बसन्त बहादुर रानाले एक गोल थपे ।
ब्वाइज युनियनका विवेक राईले एक गोल फर्काए ।
यस जितसँगै सामाजिकले ५ खेलमा ४ अंक जोडेको छ ।
ब्वाइजले ५ खेलमा ३ अंक जोडेको छ ।
लिगमा १४ क्लबले सिंगल राउण्ड रोबिन लिगको आधारमा प्रतिस्पर्धा गरिरहेका छन् ।
शीर्ष दुई टोली 'ए' लिगमा बढुवा हुने छन् । यस्तै पुछारका दुई टोली रेलिगेसनमा पर्ने छन् ।