काठमाडौं । नेपाली राष्ट्रिय यू-१८ महिला फुटबल टोलीका मुख्य प्रशिक्षक दर्शन भक्तराजलवटले घरेलु टोली भारतविरुद्ध खेल्न सधै कठिन हुने बताएका छन् ।
साफ यू–१८ महिला च्याम्पियनसिप अघि सोमबार आयोजित प्रि-म्याच कन्फरेन्समा बोल्दै प्रशिक्षक दर्शनले भारतविरुद्ध खेल्न गार्हो हुने बताएका हुन् ।
'घरेलु टोलीसँग खेल्न सधैं गाह्रो हुन्छ तर हामी आफ्नो उत्कृष्ट खेल्ने छौं । परिस्थिति अनुसार खेल्ने छौँ,' प्रशिक्षक दर्शनले भने ।
भारतको जमसेदपुरमा भोलि मंगलबार हुने उद्घाटन खेलमा नेपालले घरेलु टोलीसँग खेल्ने छ । नेपाल र भारतबीचको खेल बेलुका ७:१५ बजे सुरु हुनेछ ।
प्रशिक्षक दर्शनले सहभागी तीनै टोली बलियो रहेको समेत बताए ।
बंगलादेश र भारत बलियो टोली हो । तर, नेपाल पनि बलियो टोली हो,' उनले भने, 'त्यसैले तीन टोलीमा कुन उत्कृष्ट हो भन्न गार्हो छ ।'
डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको छ ।
यस्तै नेपालले दोस्रो खेलमा मार्च १७ मा बंगलादेशको सामना गर्नेछ ।
यस्तै मार्च २१ मा फेरि भारतसँग खेल्दा नेपालले मार्च २३ मा बंगलादेशसँग खेल्नेछ ।
शीर्ष टोलीले उपाधि जित्नेछ ।
