इलाम । झापा-११ का डिफेन्डर देवेन्द्र तामाङ पाँचौं संस्करणको झापा गोल्डकप फुटबलको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।
विर्तामोडस्थित डोमलाल राजवंशी रंगशालामा सोमबार सकिएको प्रतियोगितामा देवेन्द्र मोस्ट भ्यालुएबल प्लेयर घोषित भएका हुन् ।
सर्वोत्कृष्ट बनेका देवेन्द्रले यमाहाको मोटरसाइकल प्राप्त गरे ।

यस्तै उत्कृष्ट गोलकिपर आर्मीका विकेश कुथु, उत्कृष्ट डिफेन्डर झापाका मनोज राई, उत्कृष्ट मिडफिल्डर झापाका आन्द्रेस निया र उत्कृष्ट प्रशिक्षक आर्मीका नविन न्यौपाने चुनिए । उनीहरुले जनही २१ हजार रुपैयाँ प्राप्त गरे ।
सर्वाधिक गोलकर्ता झापाका विमल घर्ति मगर चुनिए । उनले पाँच गोल गरेका थिए । सर्वाधिक गोलकर्ताले बनेका विमलले २५ हजार पाए ।

प्रतियोगिताको उपाधि आर्मीले जितेको छ । झापा-११ लाई २-१ ले हराउँदै आर्मीले चौंथो पटक उपाधि जितेको हो ।